सुमेस्वर साह ,
डेंगु, मलेरिया,कालाजार,जिका, इन्सेफ्लाइटिस र बायोलार्भिकसाइटिस द्वारा नियन्त्रण बारे वीरगन्जमा आज अभिमुखिकरण कार्यक्रम गरिएको छ । स्वास्थ कार्यलय पर्सा आयोजनामा र वीरगन्ज महानगरपालिकाको सहयोगमा डेङ्गु अन्य किटजन्य रोगलाई नियन्त्रण तथा लामखुट्टे लार्भा नष्ट गर्ने सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रसँग सरोकारवाला व्यक्तिहरुलाई किटजन्य रोग सम्वन्धि अभिमुखिकरण गराइएको छ । किटजन्य रोगहरु डेंगु, मलेरिया,कालाजार,जिका, इन्सेफ्लाइटिस लगायत किटजन्य रोगको नियन्त्रण तथा सो रोगसम्वन्धी समुदाय स्तरमा सचेतना जगाउन अभिमुखिकरण कार्यक्रम भएको हो । महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका लागि भएको अभिमुखिकरणमा वीरगन्ज महानगरपालिका वडा नं. १ देखि १६ सम्म का महिला स्वास्थ्य स्वंय सेविकाहरु लाई यसको रोगको रोकथाम गर्ने बारे अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरण कार्यक्रममा पर्सा जिल्लामा अहिले चालू आर्थिक वर्षमा नौ जना डेंगुका विरामी भेटिएको पर्सा जनस्वास्थ्यका अधिकृत तथा किटजन्य फोकल पर्सन जयमोद ठाकुरले बताए । तातो हावापानी भएका शहर र सहरोन्मुख वस्तिमा डेंगु, मलेरिया, कालाजार लगायतका किटजन्य रोगका कारण पर्सा जिल्ला पनि उच्च जोखिममा रहेको उनले बताए । बर्षासँगै किटजन्य रोग बढ्ने भएकोले घरवरिपरि सफा राख्ने , पानी जम्ने खाल्डा खाल्डाखुल्डीहरु पुर्ने, अनिवार्य झुल लगाएर सुत्ने, घर बाहिर निस्कँदा पुरा बाउला भएका कपडा लगाउनु पर्ने यस्तै घरका झ्याल तथा ढोकाहरुमा जाली लगाउने, नियमित सरसफाईमा ध्यान दिने र वातावरणलाई सफा राख्न सके यस्ता महामरीजन्य रोग फैलिन बाट रोक्न सकिने उनले बताए ।
आज भएको सो कार्यक्रम स्वास्थ्य कार्यलय पर्साका प्रमुख डा. मुक्ती नारायण साहको प्रमुख अतिथित्वमा भएको थियो भने कार्यक्रममा वीरगन्ज महानगरपालिकाका स्वस्थ्य महाशाखाका प्रमुख अनिल कुमार यादव , जनस्वास्थ्य निरीक्षक सुमन चन्द्र ठाकुर , पत्रकार शत्रुघन नेपाल , राहुल गुप्ता , राजेन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया