वीरगंज । पर्साको वीरगञ्ज महानगरपालिका ८ पानी टंकी अगाडि मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार मध्यरातपछि ना ४६ प ३२९७ नं. को पल्सर मोटरसाइकल सडकछेउमा रहेको बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक अनुप राईको मृत्यु भएको हो ।
सोलुखुम्बुको सल्यान गापाउँपालिका २ स्थायी घर भई वीरगञ्जमा बस्दै आएका १९ वर्षीय राई दुर्घटनामा घाइते भएपछि उपचारका लागि एनएमसी अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारको क्रममा मंगलबार बिहान ४ बजे राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया