ठूलो रकमसहित वीरगञ्जको अलौबाट ४ जुवाडे पक्राउ


वीरगञ्ज, ८ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो रकमसहित ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौबाट लाखौ रकमको हारजित हुने गरी कौडा खेल्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

वीरगञ्ज १७ का २८ वर्षीय लक्ष्मी सहनी, ३० वर्षीय अनिल प्रसाद साह, ४० वर्षीय मुकेश गुप्ता र ३९ वर्षीय जाकिर मियाँलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया




Top