बसको ठक्करबाट महिलाको निधन


वीरगञ्ज १९ कार्तिक । वीरगञ्ज उपमहानगरपालिका-९ स्थित सडकमा बागमती प्रदेश -०६-००१ ख ०१२२ नम्बरको बसको ठक्करबाट पैदलयात्री जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठको मृत्यु भएको छ ।

बस ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जतर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो ।

ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया




Top