वीरगञ्ज, २२ कार्तिक । नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीसहित ७४ जना पार्टीबाट निष्कासित भएका छन् ।
नेपाली कांग्रेसले मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा आफ्नो पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक तथा समर्थक बसेका ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी उनीहरूलाई निष्कासन गर्न निर्देशन दिएका हुन् ।
निष्कासित हुनेमा केन्द्रीय सदस्य एवम् पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी, केन्द्रीय सदस्इहरु दिनेश कोइराला, अमरेश सिंह, महादेव गुरुङ, लगायत छन् रहेका छन् ।
पर्साबाट निष्कासित हुने ३ जना रहेका छन् । कांग्रेसका क्रियाशिल सदस्य सुधिर पटेल र क्षेत्रिय प्रतिनिधि चन्द्रकिशोर चौधरी पनि साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका हुन् ।
प्रतिक्रिया