वीरगंज । पेट्रोलियम पदार्थको मुल्य भारतबाट घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले मूल्य घटाएर नयाँ मुल्य पठाएको हो। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको छ भने डिजेलमा एक रूपैयाँ २५ पैसा बढेर आएको छ ।
प्रतिक्रिया