जनमत तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार यादव र समानुपातिक उम्मेदवार श्यामशंकर चौरसिया द्धरा घरदैलो


पर्सा । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको तर्फबाट पर्सा क्षेत्र नम्बर १ को (ख) पद प्रदेश सभा सदस्यका उम्मेदवार र समानुपातिक तर्फको उम्मेदवार पनि घरदैलो अभियानमा जोरतोरले जागेका छन ।

प्रदेश सभा सदस्य उम्मेदवार शिव प्रसाद यादव र समानुपातिक तर्फका उम्मेदवार श्यामशंकर चौरसियाले वीरगन्ज १६ नगवा सहित आफनो निर्वाचन क्षेत्र पर्ने वडाहरुको घर घरमा पुगेर आफनो पक्षमा मतदान गर्न आग्रह गरेका छन ।

भ्रष्टचार मुक्त समाज निर्माण सहित रोजगारी सृर्जना, किसानका समस्या सम्बोधन गर्ने, भ्रष्टचारमुक्त स्थानीय तह बनाउँने, शिक्षालाई व्यवहारिक र समावेशी बनाउँने, जनताको शासन भएको प्रत्याभुति दिलाउँने र क्षेत्रिय अस्पतालको स्थापना गरिने लगायतको योजना जनमत पार्टीको छ ।

जनमत पार्टीका उम्मेदवारलाई विजय मनाएर जनताको हरेक समस्या समाधान सहित पार्टीले ल्याएको योजना लागू गराउँन प्रतिबद्ध रहेको पार्टीका जिल्ला ईन्चार्ज समेत समानुपाति उम्मेदवार श्यामशंकर चौरसियाले बताए । उनले जनताले जनमत पार्टीलाई नै भोट दिने आशा र विश्वास रहेकाले घरदैलो अभियानलाई तिव्रता बनाएको बताए ।

उनले पार्टीको चुनाव चिन्ह हर्न छापमा मोहर लगाई बहुमतका साथ विजय बनाउँन मतदाताहरु संग आग्रह गरे । घरदैलो कार्यक्रम वीरगन्ज १६ नगवा, रेल्वेरोड, घुसुकपुर, मिथिलानगर, नयका टोला, फुलवारी टोल लगायतको क्षेत्रमा पुगेर घरदैलो गर्दै हर्न छापमा मतदान गर्न आहवान गरेका थिए ।

प्रतिक्रिया




Top