प्रचण्ड प्रधानमन्त्री बनेको खुशियालीमा युवाहरूद्वारा दीप प्रज्जवलन गरि बधाई तथा शुभकामना व्यक्त


पर्साको छिपहरमाई गाउपालिकाका युवाहरूले दिप प्रज्ज्वनसहित पटका पड्काएर नवनियुक्त प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन ।
छिपहरमाई गाउपालिकाको वडा नम्बर ५ भिश्वामा आज आयोजित एक कार्यक्रमका बिच युवाहरूले तेस्रो पटक प्रधानमन्त्री बनेको खुशियालिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई स्थानिय युवाहरूले दिप प्रज्ज्वलन गरि बधाई तथा शुभकामना दिएका हुन।
माओबादी केन्द्रका नेता शारुख मन्सुरीको अगुवाइमा भएको कार्यक्रममा कार्यक्रम स्थानीय नेताहरु शेख आर्मान , हिमाञ्चल कुशवाहा, साहब जान मियाँ, रमेश चौरसिया, विश्वनाथ पटेल , लगायतको सहभागीता रहेको थियो ।
माओबादी केन्द्रका अध्यक्ष दाहालाई प्रधानमन्त्री बन्नमा सघाउने दलहरूलाई धन्यवाद दिदै नेता शारुख मन्सुलीले संविधानको रक्ष्रासहित मुलुकलाई दिगो बिकासको बाटोमा लैजान नवगठित सरकारले महत्त्वपूर्ण भुमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए । दलित, गरिब, असहाय र बिछ्डाबर्गको हकहितको लागि लडदै माओबादिकै नेतृत्वमा संघीयतासहितको मुलुक समृद्ध हुने नेता मन्सुरिले बताए ।

प्रतिक्रिया




Top