२० बीस लाखको चेक नेपाल विद्युत प्राधिकरण लहानका प्रमुख इन्जिनियर हिमांशु कुमार यादवलाई पालिका अध्यक्ष सन्तोष कुमार महतोले हस्तान्तण गर्नु भएको हो ।


विनोद मण्डल आषाढ १९ । सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष महतोले पालिका भरिका सम्पुर्ण सिचाई ग्राहकहरूले खपत गरेको विद्युत महशुल पालिकाका तर्फबाट तिर्नु भएको छ ।

पालिका भित्रका ग्राहकहरुले खपत गरेको विद्युत महशुलको रकम करिब २१ लाख भएपनि अर्को बजेटबाट महशुल नेपाल विद्युत प्राधिकरण लाहान शाखालाई तिने गरी तत्काललाई सबै किसानलाई सिंचाइमा सहजताका लागि खपत भएको Unit बराबरको विद्युत महशुल भुक्तानी बापत रू २० बीस लाखको चेक नेपाल विद्युत प्राधिकरण लहानका प्रमुख इन्जिनियर हिमांशु कुमार यादवलाई पालिका अध्यक्ष सन्तोष कुमार महतोले हस्तान्तण गर्नु भएको हो ।

जेठ मसान्त सम्मकाे बिल भुक्तानीका लागि कार्यपालिकाको बैठकबाट पास गराएर अगाडि बढेको पालिका अध्यक्ष महतोले बताउनु भएको छ ।

प्रतिक्रिया




Top