रोट्रयाक्ट क्लव अफ वीरगंज र रोटरी क्लव अफ ज्ञानेश्वर द्वारा ब्याग र कापी वितरण कार्यक्रम सम्पन्न



वीरगंज १४ पर्सा
रोट्रयाक्ट क्लव अफ वीरगंज द्वारा आज ब्याग तथा कापी वितरण कार्यक्रम आयोजना गरीएको थियो। वीरगञ्ज महानगरपालिका वडा नं ३० प्रसोतिपुर मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज ब्याग तथा कापी वितरण कार्यक्रम सम्पन्न भएको छ।

स्कूलमा पढाइ गर्ने कक्षा बाल शिक्षा देखि कक्षा पांच समको बिद्यार्थी लाई ब्याग र कापी वितरण गरिएको छ। कक्षा बाल शिक्षा देखि कक्षा पांच २५० दुइ सय पचास जना बिद्यार्थी लाई ब्याग तथा कापी वितरण गरिएको कुरा रोट्रयाक्ट क्लव का आयुष गुप्ताले जानकारी गराएका छन।

कार्यक्रममा डिष्ट्रिक्ट गवर्नर रतन राजेन्द्र धोजु, प्रथम महिला रतन समिरा धोजु, निवर्तमान डिस्ट्रिक्ट गभर्नर रतन सञ्जय गिरी, सहायक डिस्ट्रिक्ट गभर्नर रतन राम प्रसाद, रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष रतन दिपक तुल्स्यान, रोटरी क्लव त्रिपाठीका अध्यक्ष सचिव आर.टी.एन. , जिल्ला रोटर्याक्ट रिलेसन चेयर आरटीआर आयुष गुप्ता , रोटर्याक्ट क्लब अफ वीरगन्जका अध्यक्ष सन्नी सर्राफ, सचिव आरटीआर विवेक कुमार पटेल, उपाध्यक्ष आरटीआर योगेश जैसवाल, आरटीआर नवीन गुप्ता, आरटीआर सोनी गुप्ता, आरटिआर कृष्णा गुप्ता ,इन्स्पेक्टर आशिष शाही , जिल्ला ट्राफिक प्रहरीका इन्स्पेक्टर मणिराम थापा लगायत विद्यालय बेवस्थापन समिति को अध्यक्ष वीरेन्द्र यादव, वडा अध्यक्ष मनोज यादव लगयत स्थानिय को उपस्थिति रहेको थियो।

प्रतिक्रिया




Top