ससस्त्र प्रहरी अलौ द्वारा दुइ हजार भन्दा बढी एकदिने कुखुराको चल्ला नष्ट


ससस्त्र प्रहरी द्वारा हजारौं संख्या भन्दा बढी एकदिने कुखुराको चल्ला पक्राउ गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा भित्राउन खोजेको अन्दाजी दुइ हजार एक सयको २१०० संख्यामा एकदिने कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका कार्यालय प्रमुख आज मंगलबार बिहान ३:३० को समयमा बिशेष सूचनाको आधारमा ठूलो परिणाममा एकदिने कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका कार्यालय प्रमुख योगेश चन्द्र बराल लाई अन्दाजी बिहान को ३:३० बजे केही स्थानिय व्यक्तिहरुले तीन पाङ्ग्रे ठेलामा कुखुराको चल्ला आउँदै गरेको सूचना दिएका थिए। सुरक्षा गुल्म अलौका कार्यलय प्रमूख योगेश चन्द्र बरालको कमाण्डमा पाँच जनाको टोलीले ती कुखुराको चल्ला नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया




Top