शेखर अग्रवालको नेतृत्वमा आज राष्ट्रिय स्वतंत्र पार्टीको संगठन बिस्तार कार्यक्रम सम्पन्न


वीरगंज २० साउन
राष्ट्रीय स्वतन्त्र पार्टीकाे क्षेत्रिय सदस्य शेखर अग्रवालको नेतृत्वमा आज राष्ट्रिय स्वतंत्र पार्टीको संगठन बिस्तार कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय स्वतंत्र पार्टीको संगठन बिस्तार कार्यक्रम अन्तर्गत विश्रामपुर गाउँपालिका प्रथम नगर भेला कार्यक्रम आज बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं ३ मा आयोजना गरीएको थियो।

पर्सा क्षेत्र नं २ का क्षेत्रीय सदस्य शेखर अग्रवालको नेतृत्वमा आयोजित संगठन बिस्तार तथा प्रथम नगर भेला कार्यक्रममा सभापति राकेश यादव, उप सभापति साहिल सर्रफ, सचिव तबरेज आलम , कोषाध्यक्ष कमलेश यादव, सदस्य मा सम्सुल होडा मिया, श्याम बहादुर प्रसाद तेली , छटिया देवी तेली , श्रीमती पटेल लगायत स्थानियको उपस्थिति रहेको थियो।

प्रतिक्रिया




Top