वडा प्रहरी कार्यालय श्रीपुरले ४ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा


वीरगन्ज । वडा प्रहरी कार्यालय श्रीपुरले ४ लाख मूल्य बराबरको भन्सार छलीको चामल नियन्त्रणमा लिएको छ ।

प्रहरी निरीक्षक आशुतोष बहादुर शाहीको कमान्डमा गएको गएको टोलीद्वारा वीरगन्ज महानगरपालिका वडा नम्बर १० र ११ स्थित रहेको गोदामबाट भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० स्थित रहेको रामचन्द्र साह तेलीको गोदामबाट एकसय बोरा, वडा नम्बर ११ स्थित रहेको राधा देवीले संचालन गरेको मंगलम एण्ड अराध्य ट्रेड लिंक पसलबाट २९ बोरा र वडा नम्बर ११ स्थित रहेको सुनिल साहले संचालन गरेको मनकामना राईस मिलबाट ७३ बोरा चामल भन्सार छली चोरी पैठारी गरि भित्र्याएको भारतीय विभिन्न ब्रान्डका २०२ बोरा चामल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया




Top