बिरगंज ,३० साउन ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्सा तथा मातहतका यूनिटहरूबाट आर्थिक वर्ष ०७९/०८० मा चोरी निकासी पैठारीका विभिन्न सामानहरु तथा सवारी साधनहरु नियन्त्रणमा लिई सो को रु.२४ करोड २८ लाख ८० हजार ९३१बराबरको मुल्यांकन गरि सम्बन्धीत कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमन थपालियाको नेतृत्वमा सशस्त्र प्रहरीले आर्थिक वर्ष ०७९/०८० मा कुखरा/कुखुराको मासु/माछा रु. १८ लाख ४८ हजार ९६० बराबरको ,पशु चौपाय २७६ वटा रु.५९ लाख ७४ हजार ४७०, मदिरा रु.३ लाख २० हजार १४०,सुर्ति रु.४ लाख १८ हजार ९८०,पटका रु.४ लाख १९ हजार ०६७, अबैध हुण्डी रुपैय रु.३७ लाख२१ हजार ५९६,सुन तथा चाँदी रु.१ लाख ७५ हजार २७२,लत्ताकपडा, किराना, हार्डवेयर र ईलक्ट्रोनिक्स सामानहरु रु.१२ करोड ६५ लाख १० हजार ३११,
सवारी साधनहरु ६ वटा अटो, १ वटा स्कर्पियो गाडी, १ वटा सुजुकी कार, १ वटा पिकअप, ४ वटा कार, १ वटा टाटा सुमो, र ५९ वटा मोटरसाईकल समेतको मुल्य रु.९ करोड ८४ लाख५३ हजार ४०० तथा अबैध काठ १३५९.७ क्यू.फिटको मुल्य रु.५९ लाख ३८ हजार ७३५ जम्मा रु.२४ करोड २८ लाख ८० हजार ९३१ बराबरको भन्सार छली चोरी पैठारी गरि भित्र्याएका सामानहरु बरामद गरि राजस्वमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
सशस्त्र प्रहरी उपरीक्षक सुमन थपालियाको पर्सामा आगमनकै समय देखि पर्सामा तस्करी नियन्त्रणको ठूलो अभियान चलाएको सो नियन्त्रण अभियान संचालनकै क्रममा विल विजक भन्दा फरक, बिलबिजक सन्कास्पद तथा बढी माल सामान भएको तथा प्रज्ञापन पत्र बिना सामान ढुवानी गरी राजश्व छलिमा संलग्न भएका ट्रक ३६ वटा,पिकअप २ वटा,बोलेरो २ वटा र ट्याक्टर ४ वटा गरि ४४ वटा मालबाहक सवारी साधनहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाही गरेको सशस्त्र प्रहरीले बताएको छ।
आ.ब. २०७९/८० मा लागुऔषध गाँजा ८४५.८५ के.जि.,WINCREX ७६ बोतल ,चरेश ३०.८१० ग्राम , प्रोमेथोजाईन ३ (एम्पुल) , DAEJAPAM १८१८ ट्याबलेट , Nizer ३० ट्याबलेट ,फेनार्गन १८७५(एम्पुल), Abboto १५ एम्पुल ,नुफिन १४८८ (एम्पुल) , Nitrazepam ४ ट्याव्लेट ,नाईट्रोभेट ६५२६ (एम्पुल) ,Codiwell २० बोतल ,SPAPROX ६५ ट्याबलेट , Mitraszepam १९० ट्याब्लेट ,COREX१२बोतल र Dicyclomine Hci Tramat ५३ ट्याबलेट सो मा संगलन मोटरसाइकल २० वटा ,ट्रक २ वटा र बस१वटा सवारीसाधनहरुलाई सशस्त्र प्रहरी बल पर्साले नियन्त्रणमा लिएको जनाएको छ।
विभिन्न गैर कानुनी कार्य तथा अपराधीक गतिविधिमा संलग्न ११४ जना व्यक्तिहरुलाई पक्राउ पर्नेहरूमा लागुऔषध सहित ४० जना ,विद्युत चुवावट नियन्त्रणमा १४ जना ,नगद रुपैया सहित ५ जना ,नागरिता विवाद १ जना ,चोरी तस्करी १जना ,होहल्ला र झगडा ४ जना ,चोरी ८ जना, अनाधिकृत प्रवेश २ जना ,नक्कली नोट सहित १ जना ,हतियार/गो.ग./वि.प. १ जना ,स.प्र.क. माथि हातपात गर्ने २ जना ,रुद्राक्ष, जडिबुटी, कस्तुरीको विणा सहित ७ जना र मानव तस्करिमा जना २८ गरि जम्मा ११४ जनालाई नियन्त्रणमा लिई सम्बन्धीत निकायमा बुझाईएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा. पर्साले जनाएको छ।
त्यस्तै गरि आर्थिक वर्ष ०७९/०८० मा नदी जन्य उत्खनन गर्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई सम्बन्धीत गाँउपालिका कार्यलयमा बुझाईएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ।
प्रतिक्रिया