वीरगन्ज । गएको कार्तिक १८ गते वीरगन्जको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफ।एम।अगाडि मुख्य सडकमा पार्किङ गरि राखिएको ना ५० प ९३२९ नम्बरको सुजुकी कम्पनीको जिक्सर मोटरसाईकल बिहान ८ः३९ बजेको समयमा चोरी भयो । चोरी भएको मोटरसाईकल एफ.एमका सम्पादक निरज पिठाकोटे मगरको हो । उक्त दिन नारायणी एफ.एम.को १८ औं बर्ष प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।रक्तदान कार्यक्रममा सुरक्षा अधिकारीहरुको पनि सहभागिता रहेको थियो । एफ।एमका सबै कर्मचारी कार्यक्रममा व्यस्त रहेको बेलामा चोरी भएको घटना बिहान ११ः३० बजेतिर मात्रै थाहा भयो । तत्काल प्रहरीलाई खबर गरेपछि अपराध अनुसन्धानका प्रहरी कार्मचारीले सीसीटीभी क्यामेराको फुटेज हेरेर गए । प्रहरीले पनि विशेष अनुसन्धानका लागि प्रहरी खटिएको निरन्तर जानकारी दिई रहेको छ । तर, चोरीको घटना भएको एक महिना भएको छ । तर, अहिलेसम्म उक्त मोटरसाईकल प्रहरीले फेला पार्न सकेको छैन ।
प्रतिक्रिया