१७ अलौ सिवान टोलामा ४ राउन्ड हवाइ फायर ।


पर्सा अलौ सिवान्टोलमा महावीर झण्डा मेलामा स्थानिय र प्रहरि बिच झडप ४ राउण्ड गोली फायर
वर्षौं देखी बीरगन्ज महानगरपालिका वडा नं १७ मा लाग्ने श्री महावीर झण्डा मेलामा प्रहरि तथा स्थानीय बिच झडप भएको छ। नेपालमा नियम अनुसार १० बजे पछि ठूलो स्वरमा साउण्ड स्पिकर बजाउन निषेध गरिएको छ। तर वर्षौं देखी यस महावीर झण्डा मेलामा २ बजे सम्म प्रोग्राम हुने गरेको थियो।

मेला समितिको भनाइ अनुसार प्रत्येक बर्ष बेर राती सम्म प्रोग्राम गर्दा कुनै किसिमको विवाद उत्पन्न न हुने गरी मेलामा प्रोग्राम हुने गरेको थियो। तर यस वर्ष प्रहरीले पटक पटक प्रोग्राम बन्द गर्न दबाब दिएकोले गर्दा विवाद उत्पन्न भएको हो। वडा नं १७ का वडा अध्यक्ष सञ्जु छत्कुली ले पनि कम्तीमा रातिको १२ बजे सम्म प्रोग्राम गर्न दिनु आग्रह गर्दा पनि नेपाल प्रहरीका प्रहरी चौकी सिर्सिया का इन्चार्ज वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले कसैको कुरा र आग्रह समेत न मान्दा स्थानिय र प्रहरि बिच झडप भएको हो।

रातिको येगारह बजेर दस मिनेट समयपछि नेपाल प्रहरीले प्रोग्राम बन्द गराउन खोज्दा अलि विवाद उत्पन्न भएको थियो त्यस पछि वडा प्रहरी कार्यालय श्रीपुरको टोली बोलाई भीडलाई तिथिर विथिर पार्न लाठीचार्ज समेत गरिएको थियो। पछि स्थानियले प्रहरीलाई लखेटेपछि प्रहरि त्यस ठाउँबाट भागेको थियो। फेरि केही बेर पछी जिल्ला प्रहरी कार्यालय पर्सा , वडा प्रहरी कार्यालय श्रीपुर , तथा सिर्सिया चौकीको टोलीले आएर भीड नियन्त्रण गर्न खोज्दा स्थानिय र प्रहरि बिच झडप तथा ढुङ्गा मुढा चलेको थियो।

ढुङ्गा मुढा चलेको हेर्दै नेपाल प्रहरीले चार राउण्ड गोली फायर गरेको थियो। जसमध्ये एक जनालाई खुटामा बन्दुक को छरा लागेर घाइते भएका छन भने केही स्थानियलाई चोट पटक समेत लागेको छ। ढुङ्गा मुढा प्रहार हुदा केही प्रहरि घाइते भएका छन्। दसगजा क्षेत्रमा बोर्डर पिलर भन्दा १०० मीटर टाढा बाट प्रहरीले चार राउण्ड गोली फायर तथा आँसु ग्यास समेट प्रहार गरेको थियो। आशु ग्यास प्रहार गर्दा बोर्डर पिलर पार गरेर भारत मा आँशु ग्यास गएको थियो।

बन्दुकको छारा खुटामा लागेर घाइते भएका व्यक्ति भारतिय नागरीक रहेको स्थानियले जानकारी गराएका छन तर अहिले प्रस्ट हुन सकेको छैन की ति व्यक्ति नेपालि नागरीक हुन कि भारतिय।

प्रतिक्रिया




Top