आरती साहको न्यायका लागि लामो समयदेखि आन्दोलनरत उनका आमा र भाइलाई प्रहरीले पक्रेको छ । सरकारलाई ज्ञापनपत्र बुझाउन जाने क्रममा आमाछोरालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटमा नियन्त्रणमा लिएको बताइएको छ ।
आरतीको रहस्यमय तवरले मृत्यु भएपछि माइतीपक्ष उनका श्रीमानलगायत दोषीमाथि कारबाहीको माग राख्दै आन्दोलित छ । आरतीका श्रीमान मोतीबाबु साहलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले डेढ महिनाअघि पक्रेको हो ।
धनुषाको मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम उपमहानगरपालिका–९ बस्दै आएकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । दाइजोको निहुँमा आफ्नी छोरीको हत्या गरिएको भन्दै माइतीपक्ष लामो समयदेखि माइतीघर र रत्नपार्कमा आन्दोलनरत छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले गत मंसिर २० गते आरतीका श्रीमान मोतीबाबुलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि फरार भएका उनलाई प्रहरीले पक्रेको हो । जन आस्था बाट
प्रतिक्रिया