सुमेश्वर साह (धिरज),
पछिलो समय पर्साको वीरगन्ज मा देखिएको ट्राफिक समस्या लाई ब्यवस्थापन गरि सहज बनाएका ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडा ले अहिले पर्सा जिल्ला को ग्रामीण क्षेत्रहरुमा पनि ट्राफिक नियम लाई कडाइ का लागू गर्न सम्पुर्ण ट्राफिक प्रहरी लाई निर्देश दिएका छन ।
बढी जसो गाउँमा ट्राफिक नियमको उल्लंघन हुदैको ले वीरगन्ज आउने विभिन्न ग्रामीण क्षेत्र मो मुख्य मुख्य मार्गहरु मा ट्राफिक प्रहरी ले अहिले कडाइ का साथ चेकजाँच गर्ने गरेको छ । दुर्घटना न्यूनीकरण गर्नका लागि हामी हरसम्भव लागि रहेका छौँ, तर सबैभन्दा बढी दुर्घटना गाउँका कच्ची सडकमा हुने गरेका छन्, सबै ठाउँमा ट्राफिक प्रहरी छैन, सीमित जनशक्तिले धेरै गाडीको चाप हुने ठाउँमा हेर्ने गरेका छौँ”, प्रमुख खतिवडा ले भने ।
पछिल्लो समय पर्सा जिल्ला मा छ महिनामा ट्राफिक प्रहरीले ले आठ हजार दुइ सय नौ सवारीसाधनधनीलाई कारबाही गरी करिब छब्बीस लाख तेईस हजार एक रुपैयाँ राजस्व असुल गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिरगंज को तथ्यांकअनुसार गत साउनमा ७१४, भदौमा एक हजार ३१४ , असोजमा एक हजार ९५९, कात्तिकमा दुइ हजार ५० , मंसिरमा दुई हजार ७० र पुस मा गतेसम्म दुइ हजार २१ सवारीसाधन कारबाहीमा गरिएको छ।
सोही अवधिमा सवारी दुर्घटनामै २७ जनाले ज्यान गुमाइसकेका छन् भने ४९ जना सख्त घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार सो अवधिमा २३१ वटा सवारी दुर्घटना भएको छ ।त्यस्तै सवारी दुर्घटना मा ६६ लाख ६५ हजार रुपैया बराबर क्षति भएको जिल्ला ट्राफिक कार्यलय पर्सा प्रहरी प्रमुख भाष्कर खतिवडा जानकारी गराएका छन ।
वीरगन्जमा सवारी दुर्घटना लाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी पर्सा का प्रमुख भाष्कर खतिवडा दिनरात काम गरेर ट्राफिक ब्यवस्थापन गरि राहत को अनुभुति गराउन सफल भएका छन । उनी आउनु भन्दा पहिला पर्सा जिल्ला को स्थिति भयावह रहेको तथा अहिले ट्राफिक नियम को पालनमा कडाइ का साथ लागू गरिए पछी सवारी दुर्घटना केही हद सम्म कमि आएको छ । अहिले पर्सा जिल्लामा वर्षेनी बढदो सडक दुर्घटनालाई न्युनिकरण गर्न तथा ट्राफिक नियम बारेमा जनमानसमा सचेतना गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु संचालनमा ल्याएको कारण सडक दुर्घटना कम हुन थालेको प्रहरी निरीक्षक भाष्कर खतिवडा ले बताउन छन । हामी ट्राफिक नियम बारे सचेत हुदा हुदै समेत जानी जानी नियम उल्लघंन गर्छौ हाम्रो सानो गल्तीले अन्य सर्वसाधारणको ज्यान जोखिम मा परिरहेको हुन्छ त्यसकारण तपाई हामी सबैको दायित्व हो ट्राफिक नियम पालन गरौँ उनले बताए ।
प्रतिक्रिया