सुमेश्वर साह (धिरज)
वीरगंज, पर्सा
नेपाल संगै समग्र विश्वको कल्यण हेतु वीरगंजमा आइतबारदेखि श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्ज एंव ९ दिने श्री विष्णु महायज्ञ सुरु भएको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित वीरगंज चिनी मिल परिसरमा सुरु महायज्ञको उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेका हुन्।महायज्ञको समुद्घाटन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय बढ्दै गएको सामाजिक मनमुटाव, मनोमानिल्य, स्वार्थ जस्ता विकृतिलाई हटाउन महायज्ञ जस्ता धार्मिक अनुष्ठानले मदत पुरयाउने विश्वास लिएको बताए । उनले महायज्ञको आयोजनाले समाजलाई अनुशासित र चरित्रवान बनाउनका साथै सामाजिक एकतामापनि बल पुयाउने बताए ।
महायज्ञको समुद्घाटन समारोहमा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाले धर्मले मानिसलाई सत्यको बाटोमा हिड्न प्रेरित गर्ने बताए ।
नेपाल संगै समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै विष्णु महायज्ञको आयोजना गरिएको महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा)ले बताए ।
महायज्ञ मूल व्यवस्थापन समितिका अध्यक्ष एंव समाजसेवी मुरलीधर रुंगटाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माता र संविधानसभा सदस्य अनिल रुंगटालेपनि सम्बोधन गरेका थिए। सम्बोधन गर्दै रुंगटाले भने सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्ज एंव ९ दिने श्री विष्णु महायज्ञले समाजमा भएको बिकृति लाइ प्राष्ट गर्ने र भगवान् नामक हरेक व्यक्तिको मनमा बस्ने र स्वच्छ वातावरणको सृजना हुने विश्वास रहेको बताए।
त्यसअवसरमा पूर्वमन्त्री एंव जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादव , प्रतिनिधी सभा सदस्यहरु अजय चौरसिया, प्रभु हजरा , प्रदेश सभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल , बच्चा यादव , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतकोपनि उपस्थिती थियो ।
आइतबारदेखि विधिवत सुरु भई फागुन ८ गतेसम्म चल्ने महायज्ञमा ९ दिन सम्म प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माताले प्रवचन दिने महायज्ञ व्यवस्थापन समितिका रामनारायण कुर्मीले जानकारी दिए । उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गरिरहेका छन् ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरुपनि भइरहेको उनले बताए ।
९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्थापनि गरिएको महायज्ञ व्यवस्थापन समितिका रामनारायण कुर्मीले जानकारी गराए ।
प्रतिक्रिया