सरस्वती पुजा को अवसरमा श्री द्वार देवी माध्यमिक विद्यालयका बिद्यार्थीहरु द्वारा पुजापाठ संगै संस्कृतिक कार्यक्रम


सुमेश्वर साह ( धिरज )
बुधबारका दिन विद्याकी देवी सरस्वती माताको पूजा अर्चना गरी वसन्तपञ्चमी मनाइएको छ। सरस्वती पुजाको अवसरमा जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी मनाइएको हो । सरस्वती पुजाको अवसरमा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको समेत आयोजना गरिएको छ ।

त्यस्तै वीरगन्ज-१७ अलौ स्थित श्री द्वार देवी माध्यमिक विद्यालयका बिद्यार्थीहरुले पनि सरस्वती पूजा गरेका छन। सो अवसरमा देवी सरस्वतीको पूजा अर्चना गरी शिक्षक , शिक्षिकाहरुबाट टीक ग्रहण गर्दै आशिर्वाद समेत लिएका थिए । त्यस्तै शिशु कक्षाका बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको थियो। शिक्षक, विद्यार्थी तथा अभिभाकहरुको उपस्थितिमा शिशु कक्षामा आएका बालबालिकाहरुलाई अक्षरारम्भ गरी सरस्वतीको पूजा गरिएको विद्यालयका प्रधानाध्यापक श्री दया कान्त झा ले जानकारी दिनुभयो।

यसैगरी सरस्वती पूजाको अवसर पारेर उक्त विधालय ले संस्कृति कार्यक्रमको आयोजना समेत गरेका छन् । कार्यक्रममा विधालयका शिक्षक राकेश तिवारी ले सरस्वती माताको पाठ वाचन गरि सुरुवात गरेका थिए । सरस्वति पूजाको महत्वको चर्चा गर्दै उनले सानैदेखि यसबाट प्रभावित हामीले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस्ता कार्यक्रमहरुले सहयोग पुर्याउने बताए ।

सो संस्कृति कार्यक्रम बिधालयका प्रधानध्यापक श्री दया कान्त झा को अध्यक्षता मा सम्पन भएको थियो भने कार्यक्रम का प्रमुख अतिथी वीरगन्ज वडा नं १७ का वडा अध्यक्ष सन्जु बहादुर छताकुली रहेका थिए । त्यस्तै अतिथिमा बिधालयका पुर्व ब्यवस्थापन समिती अध्यक्ष हरेराम पटेल को समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमको शहरीकरण बिधालयका शिक्षक विजय यादवले गरेका थिए ।कार्यक्रममा नेपालको संस्कृति लाई झल्किने गितहरुमा मात्र विद्यार्थीहरुले नित्य गरेका थिए ।

प्रतिक्रिया




Top