विगत लामो समयदेखि संरक्षणको पखाईमा रहेको खेलकुद मैदान लाई वीरगन्ज महानगरपालिकाका वडा नं १० का वडा अध्यक्ष सुशील कुमार कानु ले मर्मत संम्भार गरि संचालनमा ल्याउने भएका छन । ठाकुरराम कलेजको सामित्वमा रहेको उक्त खेलकुद मैदानको अवस्था जिर्ण हुँदै काँसघारीमा परिणत भएको थियो।
वीरगन्ज मा खेलकुद मैदानहरु सिमित अवस्था मा रहेको र स्थानीय युवाहरुको खेलकुदमा बढी भन्दा बढी रुचि बढाउनका लागि मर्मतको काम अगाडि बढाइएको वडा अध्यक्ष कानु ले बताए । खेलकुद मैदानको काम सकिए लगत्तै चाँडै नै उक्त खेलकुद मैदान लाइ खुला गरिने बताए । त्यस्तै अहिले वडामा खेलकुद गतिविधी बढाउन बढी भन्दा बढी युवाहरु लाई खेलकुदमा सक्रिय गराउन का लागि आफूहरु योजना अनुसार काम गरि रहेको बताए ।
वर्षौंदेखि खेल जीर्ण रहेको यस ठाकुर राम बहुमुखी क्याम्पसको खेल मैदानसँगै स्थानीय खेलाडीहरुको भविष्य पनि जोडिएको छ । यसको उचित मर्मत सम्भार गरेको खण्डमा मात्रै विभिन्न खेलसँग सम्बन्धित राष्ट्रिय खेलाडीहरु उत्पादनमा टेवा पुग्ने छ ।
प्रतिक्रिया