त्रिभुवन जयन्ती तथा कोमल राज्य लक्ष्मी देवी साहको जन्मोत्सव वीरगंजमा मनाइयो 


 

वीरगन्ज टुडे,
नेपाल राष्ट्रबाद संघ केन्द्रिय कार्यलय वीरगंज पर्सा ले श्री ५ श्री ५ त्रिभुवन जयन्ती तथा  श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको ७४ शुभ जन्मोत्सव एक कार्यक्रमका बिच वीरगंजमा मनएको छ।

वीरगंज स्थित घण्टाघर चौकमा भेला भई राजा रानी जिन्दाबाद, राजसंस्था कायम गर, हिन्दू राष्ट्र कायम गर ,धर्मनिरपेक्ष खारिज गर भन्दै नाराबाजी गरेको छ। नाराबाजी पश्चात कोणसभा लाइ सम्बोधन गर्दै नेपाल राष्ट्रबाद संघ का केन्द्रिय अध्यक्ष जनकलाल शाह ले भने यो देसमा राजा ले बनाएको उधोग लोकतन्त्र,गणतन्त्र सताधारीहरुले कुनै पनि उधोग संचालन गर्न सकेन संचालन गरेको भए यो देसको युवाहरु खाडि मुलुकमा रोजगारी गर्न जाने थिएन त्यहि भएर यो देसमा राजसंस्था को जरुरी छ कि यो देसका जनताहरू ले सुख शान्ति को महसुस गरोस्। श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी साहको जन्मोत्सवको उपलक्ष्यमा शु स्वास्थ्य दृघायुको कामना गर्नु भएको थिए।

त्यसतै कोणसभा सम्बोधन कै क्रममा पृथ्वी झाले भने यो लोकतन्त्र होइन यो चाहि लुटतन्त्र हो जुन पार्टी को सता आओस त्यो लुटतन्त्र नै मचाउने हो र अरु देस को इसारामा चल्ने हो‌ त्यही भएर हाम्रो देसमा राजतन्त्रको आवश्यकता रहेको दाबी गरे।

उक्त त्रिभुवन जयन्ती तथा जन्मोत्सव कार्यक्रम नेपाल राष्ट्रबाद संघ काअध्यक्ष जनकलाल शाह को अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रबाद संघ पर्सा का अध्यक्ष संगिता देवी शाह,नेपाल बिदत परिषद का रामनारायण साह, बिश्व हिन्दू परिषद का पृथ्वी झा,त्यसैगरि उपस्थितिमा उमाशंकर साह, राजेन्द्रपाल साह, संतोष कुमार गुप्ता, विष्णु कुमार दास, बिरेन्द्र साह, बजरंगी साह,चुलाइ मिया, असर्फी साह, राधाकृष्ण चौहान,हरि यादव,इदा मिया लगायतका ब्यत्किहरुले राजसंस्था प्रति आ-आफनो धारणा राख्दै श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी साहको जन्मोत्सवको शुभकामना व्यत्क गरको थियो।

प्रतिक्रिया




Top