बलिराम श्रीवास्तव,
बारा । बाराकाे बिश्रामपुरबाट गाउँपालिकाको बलिरामपुर गाउँ स्थित रहेको प्रहरी चौकी बलिरामपुरका प्रहरी सहायक निरीक्षक शिवजि प्रसाद यादव को मिलोमते मा तस्करीको लाइन खुल्ला तस्करी मध्ये मा काजु लगायतका मालसामानहरूको तस्करी मौलाएको छ । बिगतका दिन देखि धेरै तस्करीको मालसामान तथा राजेश्व छलीको समानलाई बारा जिल्ला हुदै पर्सा मा.न.पा-१६ नगवा बस पार्क पछाडि बाटो भएर बसमा लोड गरी राजमार्ग भएर काठमाडौं जाने गरेको छ।
उक्त नाकाबाट तस्करीको समान बिहान को १० बजे देखि राति को १२ बजे सम्म काजु कपडा माछा लगायत अन्य मालसामानहरूको तस्करी हुने गरेको छ । साथै सिमानामा खटिएको नेपाल प्रहरी रकम उठाउनमा लिप्त भएकोले बस सम्मपुगिरहेको छ । सोही तस्करीको मालसामान राजमार्ग पुग्दा राजमार्गको खटिने प्रहरी युनिटहरूको पनि मिलोमतो मा काठमाण्डू सम्म पुगीरहेको छ।
- उक़्त नाकाबाट फूल तस्करी गर्नेमा बलिरामपुर बाराका एक जाना व्यक्ति लगायतका तस्करहरू रहेको छन्। उक्त तस्करहरूबाट प्रहरी चौकीका इन्चार्जका घुमुवा र सशस्त्र प्रहरीका घुमुवाले १ लाख देखि २ लाख सम्म लिने गरेका एक श्रौतको दाबी छ । प्रहरी चौकी र सिमा नाकाको जिम्मेवारी पाएको प्रहरी सहायक निरीक्षक शिवजि प्रसाद यादव रकम लिए बापत उत्त नाकाबाट तस्करहरूको प्वाइन्ट नै बनेको छ। जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एसपी सुरेश काफ्ले का घुमुवा एता जिल्ला प्रहरी कार्यालय बलिरामपुर का
प्रहरी सहायक निरीक्षक शिवजि प्रसाद यादव रहेका छन यस्ता भ्रष्ट प्रहरी इन्चार्ज लाई समयमै कार्यवाही नगरे प्रहरी माथी प्रश्न खडा हुनुको साथै इमान्दार प्रहरीहरुको अस्तित्व समाप्त हुने देखिएको हो।
प्रतिक्रिया