स्वीट मार्ट फुड प्रा.लि. वीरगंजका संचालक शंकर लाल मित्तलले आफ्नो चरित्र हत्या गर्न खोजिएको आरोप लगाएका छन । उधोग विभाग द्वारा मेरो कम्पनीको नाममा पठाएको खामबन्दी कागज विभागका कार्यलय सहायकले स्वीट मार्ट फुड इन्डस्ट्रीजका संचालक वीरगन्ज का निरन्जन अग्रवाल लाई पुर्याएको र निज निरंजन अग्रवालले खामबन्दी कागज खोली कागज को फोटो खिचेर आफ्नो गोप्य कुरा चुहावट गरेर मेरो चरित्र हत्या गरेको आरोप लगाएका छन ।
सुजल फुड्स प्रा.लि. पोखराले मेरो कम्पनी लाई विपक्षी बनाइ गरेको उजुरी हाल पुर्पक्ष हुँदै आएको उक्त मुद्दा बिचाराधिन रहेको तथा आफुले उद्योग विभागमा सप्रमाण सहित प्रतिउत्तर पत्र दर्ता समेत गराएको बताए । उक्त मुद्दा चली नै रहेको अवस्थामा सोही मुद्दाको सम्बन्धमा पुन: २०८०/११/१२ गते स्वीट मार्ट फुड प्रा.लि को नाममा उद्योग विभागले ७ दिने सुचना म्याद खामबन्दी सहित पठाएको तर उक्त खामबन्दी आफ्नो विपक्षी लाई दिएर आफ्नो चरित्र हत्या गरेको उनले बताए ।
त्यस्तै उनले मेरो नामको उक्त सुचना म्याद पहिला देखि नै चलिरहेको मुद्दाका सम्बन्धमा मलाइ झिझयाउने , सताउने , दुख दिने चरित्र हत्या गर्ने तथा उद्योग धरासायी बनाउने काम भइरहेको बताएका छन । सोही मुद्दाको सम्बन्धमा पटक पटक म्याद काटी काट्न लगाइ मेरो नामको खामबन्दी मेरो बिरोधीहरुको हातमा दिई मेरो उद्योग लाई धरासाही बनाउने काम भइरहेको बताएका छन ।
त्यस्तै उनले आफुले एक उधोगि ब्यवसाय भएको र आफ्नो उद्योग मार्फत समय समयमा सरकार लाई राजस्व तिर्दै आएको र मेरो विरुद्ध लागेर मेरो गोप्य कुराहरु चुहावट गर्ने लाई आफू कानुनी उपचार मा जने समेत बताए ।
प्रतिक्रिया