दहेज कै कारण बिरगंज महानगरका करारका कर्मचारीले गरे बिहे रद्द


नितेश चौधरी ,

पर्साको बिरगंज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएको थियो । तर, आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख दिए मोटरसाइकल बापत ३ लाख २५ हजार दिए अन्य सब समान दिए पनि बिहे गर्न आएका बेहुला उमेशले सिकडी नपाउँदा बिहे नै गरेनन् ।

बिहे रद्द गरेका बेहुला अहिले पर्साको प्रहरी नियन्त्रणमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद दुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए । बेहुला हाल बिरगंज महानगरपालिका का स्वास्थ शाखा का करार का कर्मचारी रहेको बुझिएको छ।

क़ानूनमा के छ ?
मुलुकी अपराध संहिता २०७४ मा “आफ्नो परम्परादेखि चलिआएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलाहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन” नहुने जनाइएको छ।

कसैले त्यसो गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

दाइजोको निहुँमा दुलही वा निजका नातेदारलाई कुनै किसिमले अमानवीय वा अपमानजन्य व्यवहार गर्न नहुने कानुन छ। त्यस्तो गरेको खण्डमा कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाइएको छ।

प्रतिक्रिया




Top