तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको तैयारी पूरा


सुमेश्वर साह (धिरज)
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शक्ति युवा क्लबको आयोजनमा यहि चैत्र ३ गतेबाट उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी क्लबले गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको र खेल त्रिभुवन लोकमार्गमा वीरगञ्ज महानगरपालिका २१ परवानीपुरको खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो ।

करिब १७ लाखको लगानीमा हुन लागेको प्रतियोगितामा वीरगन्ज महानगरपालिका र परवानीपुर गाउँपालिकाले विशेष सहयोग प्रदान गर्न लागेको प्रतियोगिताका संयोजक सुबोध श्रीवास्तवले जानकारी दिएका छन ।

एक सातासम्म चल्ने फुटबल प्रतियोगितामा जम्मा आठ ओटा फुटबल टिमले सहभगिता जनाएने आयोजकले जनाएका छन । प्रतियोगितामा आयोजक शक्ति युवा क्लब ,वीरगन्ज युनाइटेड एफसी , हनामी भरतपुर फुटबल क्लब चितवन ,वीरगन्ज युथ एकेडेमी ,हेटौंडा फुटबल एकेडेमी मकवानपुर ,नव जन जागृती युवा क्लब सिमरा, चिडिया दह स्टार क्लब रौतहट र बाग्मती फुटबल क्लब सर्लाही सहभागी हुने प्रतियोगिताका सहसंयोजक दिपक यादवले बताए।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने उनले बताए। त्यस्तै प्रत्येक दिन खेलमा म्यान अफ दी म्याच हुने खेलाडीले नगद पाँच हजार ,मेडल र प्रमाणपत्र पाउनेछन् । भने उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर र कोचलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया




Top