वडा नं १० का विधालयहरुको वार्षिक उत्सवको लागि रु १ लाख उपलब्ध गराउने : वडा अध्यक्ष सुसिल साह कानु


सुमेस्वर साह (धिरज)
वीरगन्ज महानगरपालिका अन्तरगत वडा नं १० मा रहेको श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय द्वारा आज १४ औ वार्षिक पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ । प्रमुख अतिथिको रुपमा रहनु भएका वडा नं १० का वडा अध्यक्ष सुसिल साह कानु ले कार्यक्रममा आफ्नो भनाइ राख्दै आफु यस बिधलायमा अध्ययन गरेको तथा आज प्रमुख अतिथिको रुपमा सहभागि हुन पाउदा एकदमै गौरवान्वित महशुस भइरहेको बताए ।

वडा नं १० कै सबैभन्दा पुरानो रहेको यस विद्यालय लाई वार्षिकोत्सब कार्यक्रमका लागि रु. १ लाख रुपैयाँ दिने घोषणा गर्दै वडाध्यक्ष कानुले वडामा रहेका अन्य सामुदायिक विद्यालयहरुमा पनि वडा कार्यलयले बार्षिक उत्सव कार्यक्रमका लागि रकम उपलब्ध गराउने बताए ।त्यस्तै सामुदायिक विद्यालयमा कुनै पनि बहानामा अतिरिक्त कार्यक्रमका लागि विद्यार्थीहरुबाट रकम नउठाउन निर्देशन समेत दिएका छन् । प्रतियोगितामा विजेता भएका छात्रछात्राहरुलाई प्रमाण पत्र सहित पुरस्कृत गर्दै उनले सम्पुर्ण विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना समेत दिएका थिए ।

वडाध्यक्ष कानुको प्रमुख आतिथ्यता तथा विद्यालयका प्रधानाध्यापक मनोज प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगपालिकाका शिक्षा महाशाखा का प्रमुख अरबिन्द लाल कर्ण , बिधालय ब्यवस्थापन समिती का अध्यक्ष कृष्ण साह कानु ,वडा सदस्य सन्तोष जैशी, घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु, राप्रपा का प्रमानन्द साह कानु , समाज सेवी लखनलाल साह कानु वीरगन्ज महानगरपालिका का शिक्षा अधिकृत हरि राउत लगायत अभिभावक,शिक्षक–शिक्षिका उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया




Top