प्रत्येक वर्ष चट्याङ लागेर नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो गर्मी महिनामा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ ।चट्याङको बारेमा हामीले धेरै मिथक सुन्दै आएका छौं । जस्तै, चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउँमा दोहोर्याएर पर्दैन । तर यी दुवै कुरा सत्य होइनन् ।
बिजुली चम्किंदा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरंग पृथ्वीमा प्रवाह हुन्छ, त्यसैलाई चट्याङ परेको भनिन्छ । मौसमको यस नाटकीय घटनाको बारेमा थाहा पाइराख्नुपर्ने केही जानकारी यहाँ प्रस्तुत छ ।
बिजुली चम्किने र मेघगर्जन कसरी हुन्छ ?
चट्याङ वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ ।जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादलहरु बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावाको उठेर माथिको चिसो हावासँग ठोकिन्छ, त्यसपछि बिजुली चम्किने गर्छ ।
बिजुली चम्किंदा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ र यो बादलबाट हावा हुँदै जमिनको सतहमा आउँछ । त्यस्तै, बिजुली चम्किंदा उत्पन्न भएको विद्युतीय शक्ति छिटो तातेपछि त्यसले ठूलो आवाजमा मेघगर्जन हुन्छ । चट्याङ पर्दा विद्युतको धार आकाशबाट पृथ्वीको सतहतिर प्रवाह हुन्छ । यसले कुनै मानिस वा प्राणीलाई लाग्यो भने उनीहरुको मृत्यु समेत हुनसक्छ ।
यो कति खतरनाक छ ?
चट्याङ लागेर मानिसको मृत्यु समेत हुन सक्छ । चट्याङ पर्दा २० हजारदेखि ३० हजार एम्पियर इलेक्ट्रिकल करेन्ट उत्पन्न हुन्छ, जुन आकाशबाट पृथ्वीमा । यो तपाईंले वासिङ मेसिन प्रयोग गर्दा आवश्यक पर्ने विद्युत भन्दा २३ सय गुणाले बढी हो । चट्याङ ३० हजार सेल्सियस भन्दा धेरै तापक्रममा पुग्छ, जसको अर्थ यो सूर्यको सतह भन्दा पनि तातो हुन्छ । र, चट्याङ प्रतिसेकेण्ड ७५ माइल हावामा फैलिन सक्छ । यसको जोखिममा धेरै घरबाहिर हुने मानिस पर्छन् । जस्तै किसान, पैदलयात्रु, बाहिर काम गर्ने र विभिन्न खेलाडीहरु । धेरैजसो चट्याङ पर्ने हावाहुरी आएको र बादल मडारिएको बेलामा हुन्छ, करिब बीस प्रतिशत जति चट्याङ आकाशबाट जमिनमा आइपुग्छ । तपाईंलाई यसले प्रत्यक्ष लाग्न सक्छ भनेर मात्रै डराउन पर्दैन । तपाईंको नजिकको कतै पनि चट्याङ पर्यो भने यसले तपाईंलाई खतरामा पार्न सक्छ । किनभने यसले तपाईंको वरिपरि धेरै ठूलो मात्रामा विद्युत छोड्न सक्छ । चट्याङले तपाईं नजिक मार हानेर अन्तै मोडिन पनि सक्छ ।
आइपुग्नुभन्दा पहिले तपाईं अरु चट्याङ पर्नबाट जोखिम छैन भन्ने सुनिश्चित हुनुहोस् ।
उनीहरुको मुटुले काम गर्न छोडेको छ भने सीपीआर विधि अपनाउनुहोस् । तपाईंलाई इलेक्ट्रिक सक लाग्दैन किनभने शरीरमा विद्युतीय चार्ज बसिरहँदैन ।
प्रतिक्रिया