बिरगंजमा प्रथम श्री गहवामाइको निशान सहितको डोलि यात्रा हुने


सुमेश्वर साह ,
माइस्थान संचालक समितीले ले बिरगंजमा पहिलो चोटि गहवामाइको निशान सहितको डोलि यात्राको आयोजना गर्ने भएको छ । चैते दसैं को अवसरमा यहि बैशाख ४ गतेका दिन बेलुका ४ बजे देखि गहवामाइ मन्दिरमा पुजा पाठ गरि भब्यरुपले यात्रा निकालिने सचालक समितिका अध्यक्ष नरेन्द्र साह ले जानकारी गराएका छन ।

आज माइस्थान मन्दिरको अतिथी सदनमा पत्रकार समेलन गर्दै समिति ले प्रथम निसान सहितको डोलि यात्रा गहवा माई मन्दिरको प्राङ्गणबाट प्रारम्भ भई रोड नम्बर २ बाट हुँदै बिर्तामाई मन्दिर , अलखिया मठ ,महावीर मन्दिर ,घण्टाघर हुँदै पुन: गहवामाइ मन्दिरको प्राङ्गणमा समाप्त हुने जनाएका छन ।

यात्रामा अनुमानित खर्च आठ लाख देखि दस लाख लाग्ने बताइएको छ । सो खर्च बाट आधा भन्दा बडि खर्च माइस्थान संचालक समिती का कोषाध्यक्ष तथा नारायणी सेन्ट्रल होस्पिटलका निर्देशक डा.प्रमोद सरार्फले आफ्नो ब्यक्तिगत सहयोगमा ब्यहोर्ने तथा थप खर्च संचालक समितिले ब्यहोर्ने बताइएको छ । त्यस्तै चन्दा तथा सहयोगका लागि अपिल नगर्ने तथा दाता बाट प्राप्त सहयोग लाई स्वीकार गर्ने समितीले जनाएको छ । यात्राका लागि निसान सहितको झण्डा समितिले उपलब्ध गराउने तथा प्रती झण्डाका लागि रु पन्द्र सय टोकिएको जनाएका छन ।

 

 

 

प्रतिक्रिया




Top