नेपाल लोकतान्त्रिक पार्टीको प्रथम मधेस प्रदेश अधिवेशन सम्पन्न


नेपाल लोकतान्त्रिक पार्टी प्रथम मधेस प्रदेशको अधिवेशन आज वीरगञ्जमा सम्पन्न भएको छ। यस पार्टीका मधेस प्रदेशका अध्यक्ष सुरेश प्रसाद गुप्ताको अध्यक्षतामा तथा लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष माननीय गीता क्षेत्रीको प्रमुख अतिथित्वमा सो अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्षले यो पार्टी विधान र सिद्धान्त तथा सबै धर्म जातजातिको भावना अनुसार अगाडि बढ्दै संविधानको रक्षा गर्दै देश विकासको लागि सधैँ आवाज उठाउँदै आइरहेको छ। कृषि प्रधान देश भएपनि उखु किसानहरूलाई काठमाडौँमै आएर आन्दोलन गर्नु परिरहेको छ। यो कस्तो विडम्बना हो यो देशको शिक्षा र स्वास्थ्य नीतिमा अमूल परिवर्तन गर्नुपर्ने हो तब मात्र यो देश विकासमा फड्को मार्न सक्छ संविधानले गर्दा आज हरेक क्षेत्रमा विकास हुँदै गइरहेको त्यसैले हामी आफ्नो ठाउँमा बसेर आफ्नो क्षेत्रको आफै विकास गर्नुपर्छ संविधानमा केही त्रुटी भएपनि यसलाई सच्याउन सकिन्छ। यो राज्यको संग संगै हामी पनिले पनि देशलाई उन्नति र प्रगति बनाउन मेहनत गर्नुपर्ने बताए ।

शशिभूषण केसरीको उद्घोषकतत्वमा भएको कार्यक्रममा सो पार्टीका महासचिव श्रवण चौधरी ,उपमहासचिव ज्ञानेन्द्र भिमाकोटी , ब्रिजबहादुर तामाङ दीपक लाल कायस्थ पेन्सनका पूर्व राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटा लगायतले सम्बोधन गर्नुभएको थियो।

सभालाई विसर्जन गर्दै कार्यक्रमका अध्यक्षता गरेका सुरेश प्रसाद गुप्ताले राजनीतिमा पुरुषलाई परिवारले साथ दिन्छ भने महिलालाई परिवारको साथ साथै छरछिमेक र पुरै समाजले साथ दिइरहेको हुन्छ यसको उदाहरणका रूपमा मेरो श्रीमती लाई लिन सकिने उनले बताए।

उक्त अधिवेशनमा मधेस प्रदेशका आठवटै जिल्लाका प्रतिनिधिहरूले भाग लिएका थिए।

प्रतिक्रिया




Top