जलेश्वर नगरपालिका विकासमा अब्बल


राहुल गुप्ता

महोत्तरीको जिल्लाको जलेश्वर नगरपालिका विकास कार्यमा अब्बल भएको छ।विभिन्न स्थानीय तहमा ढिलासुस्ती र वित्तीय अनुशासनहीनता बढ्दै गर्दा महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका भने विकास संग सगै वित्तीय जोखिम मूल्यांकनमा जिल्लामै अब्बल सावित भएको छ ।

मुलुकमा संघीय संरचना लागू भएपछि स्थानीय तहले लागू गरेका कर प्रणालीको सर्वत्र आलोचना भएको छ। जनताको करबाट पालिएका जनप्रतिनिधिले आफ्नो सेवासुविधा बढाउनुका साथै महँगा गाडी खरिद गरेको भन्ने आमगुनासो छ। तर जलेश्वर नगरपालिकाका मेयरले आफ्नो स्थानीय तहमा दुइ वर्ष अवधिमा सुधारात्मक काम गरेर जनताको मन जितेका छन्।

जलेश्वर नगरपालिकाले गरिरहेका कामको प्रशंसा जिल्लामा नै हुन थालेको छ। भौगोलिक सौन्दर्य र आर्थिक सक्षमताले मात्र होइन, अन्य स्थानीय तहभन्दा केही फरक काम र काम गर्ने फरक शैलीले जलेश्वर नगरपालिका सफलताको बाटोतिर लम्किँदै गएको हो।

जलेश्वर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको महोत्तरी जिल्लामा अवस्थित एकमात्र नगरपालिका हो।। यो महोत्तरी जिल्लाको सदरमुकाम पनि हो।

प्रहार डेलिका संचालक राहुल गुप्ता संग कुरा गर्दै नगरपालिकाका मेयर सुरेश सोनार ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनको नतिजामा जलेश्वर नगरपालिका जिल्लामै प्रथम भएको हो । भने स्थानीय तह वित्तीय सुशासन मूल्यांकनमा जलेश्वर नपाले राम्रो अंक प्राप्त गरेको बताए ।

त्यसतै मेयर ले व्यवसायी र राजनीतिक दलका प्रतिनिधिहरुहरुले जलेश्वर भन्सार कार्यालयको स्तरोन्नतिको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन-पत्र बुझाएका छन् ।बि.सं. २०२६ साल देखि महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको भारतीय सीमानामा स्थापित जलेश्वर भन्सार कार्यालयबाट महोत्तरी जिल्लाका मात्र विशेषत धनुषा,सर्लाही, सिरहा,सप्तरी, सिन्धुली, उदयपुर, रामेछाप सम्मका उद्योगी व्यापारीहरुले भारत बाट सामान आयात निर्यातको सुविधा प्राप्त गरिरहेको ले जलेश्वर भन्सारको स्तरोन्नति गरी सुख्खा बन्दरगाह र तेश्रो मुलुकबाट आयात निर्यात सुविधा सुञ्चालन गर्न माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको थियो ।

 

 

प्रतिक्रिया




Top