पुर्व मन्त्री ओम प्रकाश शर्माको पहलमा सडक ढलान


वीरगन्ज टुडे,

वीरगन्ज स्थित वडा नं ९ र १० को सिमानामा पर्ने घडिअर्वा पोखरी हुँदै रानिघाट जाने करिब २१० मिटर सडक ढलानको काम तीव्र गतिमा भइरहेको छ । मधेस प्रदेश सरकारले विनियोजन गरेको दस लाख रुपैयाँको लागतमा ढलान सुरु गरिएको हो ।

वीरगन्ज महानगरपालिकाको सहायक मैनरोडको रुपमा रहेको उक्त सडक बनाउनका लागि मधेस प्रदेश सरकारका पुर्व उर्जा तथा खाने पानी मन्त्री ओम प्रकाश शर्माको पहलमा प्रदेश सरकारले रकम बिनियोजन गरेको थियो । त्यस्तै उनको पहलमा वडा नं १० मा रहेको शिव पार्वती धर्मशालाको लागि समेत रु. दश लाख रकम विनियोजन भएको छ ।

वीरगन्ज महानगपालिका वडा नं १० का पुर्व वडा अध्यक्ष राम नगिना प्रसाद कानुले अहिले आफ्नो वडामा भइरहेको सडक ढलान, कालोपत्रे सडकको तुलनामा टिकाउ हुने भएकाले ढलान सडक निर्माणलाई प्राथमिकता दिएकोमा मधेस प्रदेश सरकार र सडक बनाउन पहल गरिदिएका पुर्व मन्त्री शर्मा लाई धन्यवाद समेत दिए । उनले निश्चित मापदण्डमा आधारित भएर ढलान सडक गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखेमा यस्ता सडक टिकाउ र गुणस्तरीय हुने अनि बिटुमिन आयात समेत घट्ने उनले बताए।

आफ्नै ठाउको सडक ढलान हुने भएपछि स्थानीय वासी खुसी हुदै श्रमदानमा लागेका छन । प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट सडक निर्माण सुरु गरे पनि आफ्नो ठाउको विकास हुदा आफुहरुको पनि केही योगदान रहोस् भनेर श्रमदान गरिरहेको स्थानीय वासिन्दा तथा नेपाली कांग्रेस पर्साका कार्य समिति सदस्य हिरा लाल साह कानुले बताए । देशको विकासमा हरेक नागरिकले सक्दो श्रमदान गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै सडक ढलानमा श्रमदान गर्नेहरुमा स्थानीय वासी तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यलय प्रमुख शिव शंकर साह कानु , सुकान महतो ,बिनोद साह , हरि शंकर कानु , उमेश गुप्ता , राम कुमार गुप्ता , मोनु साह लगायत रहेका थिए ।

वीरगन्ज महानगपरपालिकाको लापरबाहीले समय मै सडकको मर्मत सम्भार नहुदा खाल्डो भएर धेरै पटक मोटरसाइकल, टेम्पोलगायत सवारी साधन दुर्घटना हुने गरेको थियो । सो सडक ढलान भएपछि सवारी साधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया




Top