अलौ नाकामा प्रहरीको दोहोरो नीति ठुला तस्करलाई संरक्षण, घरायासी सामान समात्दै


वीरगन्ज टुडे,

अहिलेको अवस्थामा सम्पूर्ण पर्सा जिल्लाको नाकाहरूमा तस्करी जस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद दुङ्गेल ले ठाडो निर्देश दिएपनि अलौ नाकाबाट तस्करी गर्ने कार्यमा निरन्तरता देखिएको छ।

अलौ नाकामा घरायसी प्रयोजनमा प्रयोग गरिने सामाग्री हरु लिएर आउने व्यक्तिको सामान समातेर आफुले तस्करी नियन्त्रण गरेको दावी गरिएको एक भिडीयो ले प्रस्ट पारेको हो। चौकिमा बसेको ६ महीनाको कार्यकाल सम्पर्न गरी पुन अहिले आठौ महिनाको लाभ उठाउदै प्रहरी चौकी सिर्सियाका इन्चार्ज टेक बहादुर कार्की र उनले घुम्वामा खटाएका रतन यादव र मोतीलाल साहको सहयोगमा ब्यापक रूपमा तस्कारीको लाइन सुचारु गरेका छन।

दैनिक रूपमा तस्करीको क्षेत्रमा व्यापक नाम कमाएका अनिल (इब्राहीम) ले दैनिकको चार पटक चार वटा मोटरसाइल प्रयोग गरी दिनहुँ १० लाख भन्दा बढीको भन्सार छलि र तस्करी गरी काजु, कपडा, ड्राई फ्रुट्स लगायत बिभिन्न किसिमका सामग्री अलौ नाका हुँदै वीरगंजको पसल तथा ट्रान्सपोर्टमा पुरयाउने कार्य लाई निरन्तरता दिएको भेटिएको छ।

त्यसै गरी अलौ तथा सिवान टोलका ब्यक्तिले २० देखि ३० किलो प्याज ल्याउँदा प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म अलौले समात्ने, बिस्कुट समात्ने, चकटेल  समात्ने, मैदा समात्ने, घरायसी प्रयोग्को लागि समान ल्याउँदा समात्ने जस्ता गतिविधी प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म अलौले स्थानीयलाई दुःखदिने कार्य गरिरहेको र ठुल ठुला तस्करलाई संरक्षण दिने गर्ने गरेको छ।

अहिलेको अवस्थामा वीरगंज भन्सार नाका बाट तस्करी कार्यमा रोक लगाउन साथ वीरगंजका ठुला ठुला व्यापारी, पोके महिला तस्कर, लंगडो ठेला तस्कर, कवाड तस्कर हरु अहिले अलौ नाका रोजेका छन्। अहिले अलौ नाकाबाट अनील, सन्दिप, धिरज, ओमप्रकास, सञ्जय, आर्ती प्याज तस्कर, मोती, जयप्रकाश ब्याट्री कवाड तस्कर , भिखारी हार्डवेयर तस्कर ( नया पार्टपुर्जा देखि ट्रक को इन्जन गियर बक्स) समेत बोक्ने जस्ता थुप्रै तस्करहरु लाई चौकीले माथिलो निकायले दिएको ठाडो निर्देशनको धजी उडाउँदै चौकीको भरमा तस्करी तथा भन्सार छलि जस्ता गतिविधी लाई निरन्तरता दिएका छन।

तसर्थ यस दोहोरो नीति तथा तस्करी जस्ता अपराधिक क्रियाकलाप नियन्त्रण गर्न र यस्ता क्रियाकलापमा संलग्न रहेका जो कोई लाई पनि कारवाही गर्न अती आवश्यक रहेको देखिन्छ।

प्रतिक्रिया




Top