वीरगन्ज टुडे,
बारा जिल्लाको प्रर्सौनी गाउपालिकाको नवनिर्मित प्रशासकीय भवन आज पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले एक कार्यक्रमका बिछ उद्वघाटन गरेका छन ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रर्सौनी गाउँपालिकाका प्रशासकीय अधिकृत सुमित सिंहले अस्वस्थता तथा ब्यस्तता बावजुद निम्तो स्वीकार गरी उद्घाटन कार्यक्रममा आइ दिनु भएकोमा कृतज्ञता व्यक्त गरेका थिए । त्यस्तै उनले नया भवन निर्माणमा नेपाल सरकारको ४ करोड ९० लाख ९५ हजार ४७७ रुपैयाँ अनुमानित लागतमा ३ करोड ४१ लाख ९९ हजार ५००५ रुपैयाँमा ठेक्का सरकार गरिएको र २०७८ साल मंसिर महिनाको २४ गते शिलान्यास भएको उनले बताए ।
आज भएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले भवन बनेकोमा बधाई तथा शुभकामना दिँदै उनले यस भवन बनेसँगै सम्पूर्ण सुविधा प्राप्त गर्नुहुनेछ आफूले विश्वास लिएको बताए त्यस्तै त्यस्तै आफूले प्राप्त गरेको सुविधाको कार्यान्वयन सम्बन्धमा परेको समस्याको सम्बन्धमा यस ननिर्मित भवनको उपयोग गरेर कार्यपालिका प्रशासन समेत जनतालाई सेवा पुर्याउने र स्थानीय विकासको गति अगाडि बढाउने सन्दर्भमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
त्यस्तै उनले आफू अस्वास्थ्य रहेता पनि यस ठाउँ जिल्ला तथा प्रदेशको विकासको लागि कामहरू बारे जनतासँग जानकारी लिन आएको बताए।
अहिले सरकारले नीति कार्यक्रम प्रस्तुत गरिसकेको र जेठ १५ गते बजेट भाषण हुने लागेको छ । आफू प्रधानमन्त्री हटेपछि देशको स्थिति बिग्रेको र पैसाको अभाव भएको बताउदै त्यो सुधारको लागि सरकारसँग काम गरिरहेको बताए।
त्यस्तै मधेसमा सिँचाइको समस्यालाई ध्यानमा राखेर १ लाख ८५ हजार खेतीको सिचाइका लागि सुनकोशी नदीको पानी मरिन गरी बागमतीमा खसालेर आयोजना निर्माण गर्न लागेको बताए।
आजको कार्यक्रम अध्यक्षता प्रर्सौनी गाउपालिका का अध्यक्ष विनोद प्रसाद जैसवालले गरेका थिए भने कार्यक्रममा विशिस्ट अतिथीहरु उपप्रधानमन्त्री तथा भौतिक पुर्वधार मन्त्री रघुविर महासेठ , कृषि मन्त्री ज्वाला साह , सांसद कृष्ण श्रेष्ठ , पर्सा जिल्लाका सांसलअद राजकुमार गुप्ता , प्रभु हजरा , नेता बिचारी यादव लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया