पर्सा ट्राफिक द्वारा नियम उल्लङ्घन गर्नेबाट दुई करोड राजस्व संकलन



सुमेश्वर साह,

ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट पर्सा स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले दस महिनामा रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बैशाख सम्म मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड १७ लाख १७, ७५६ राजस्व सङ्कलन गरेको हो ।

पर्सा ट्राफिकको प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाको सक्रियतामा जिल्ला भित्र विभिन्न शिर्षकमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनलाई जरिवाना गरेको हो ।

ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा परेका सबभन्दा बडि ट्रक चालकबाट ट्राफिक प्रहरीले जरिवानाबापत रु १ करोड २२ लाख सतासी हजार २ रुपैया राजस्व सङ्कलन गर्न सफल भएको खतिवडा जानकारी दिए । त्यस्तै सोही अवधिमा ९ हजार ७ सय चौत्तिस मोटरसाइकल चालक कारबाहीमा पर्दा रु ६८ लाख ४ हजार इकाउन र १ सय सत्तरी यात्रुवाहक बसलाई कारबाही गर्दा रु १६लाख ७५ हजार जरिवाना असुल भएको प्रमुख प्रहरी निरीक्षक खटिवडाले बताए । १७२८ हलुका सवारी साधन (जीप, कार तथा भ्यान) चालकबाट रु १५ लाख ८८ हजार ७०३ र ३१० ट्र्याक्टर चालकबाट रु २ लाख ४७ हजार जरिवाना असुल गरिएको छ ।

अहिले पर्साको सडक संजालमा दैनिक रुपमा सवारीसाधनको चाप बढ्दै जादा दुर्घटना पनि बढ्दै गएकोमा आर्थिक वर्ष २०८०/०८१ मा दुर्घटनाको संख्या केही कमि आएको छ । तर, सडक संजालहरु व्यवस्थित हुदै जादा तीव्र गतिका कारण दुर्घटनाहरु बढि हुने गरेका छन प्रमुख खतिवडाले बताए। दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियानहरु समेत चलाउदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यातयात व्यवस्थापनलाई प्रभावकारी बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जनचेतना, सचेत र अन द स्पट कारवाही गर्दाको असरले सवारी दुर्घटनामा कमि आएको छ ।

अहिले जिल्लाको कार्यभार सम्हालेका ट्राफिक प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडा आएदेखि दुर्घटना मात्रै होइन, कारावाहीबाट राजश्व समेत बृद्धि भएको छ

प्रतिक्रिया




Top