बिरगंज स्थित ईदगाह चोकमा पुर्ननिर्माण गरिएको पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको शालीकको अनावरण


वीरगन्ज टुडे,

वीरगन्ज–२ छपकैयास्थित ईदगाह चोकमा पुर्ननिर्माण गरिएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको शालीकको अनावरण आगामी असार १८ गते हुने भएको छ ।

वीरगन्जमा गत सोमबार बसेको जिपी कोइराला फाउण्डेशनको बैठकले गिरिजाप्रसाद कोइरालाको १०१ औं जन्मजन्तिका दिन आगामी असार १८ गते शालीकको अनावरण गर्ने निर्णय गरेको हो ।बैठकले शालीक अनावरण कार्यक्रममा कांग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता शशांक कोइराला र महामन्त्री गगन थापालाई बोलाउने निर्णयपनि गरेको फाउण्डेशनका मनोहर साहले जानकारी दिए ।

प्रतिक्रिया




Top