सुमेस्वर साह ,
तपाईको रक्तदान अरुको जिवन दान ” मुल नाराको साथ आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना भएको छ । प्रहरी चौकी इनर्वा वीरगन्जको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया तथा वीरगन्ज वडा नं २ र वीरगन्ज वडा नं १६ को सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा संचालित रक्तदान कार्यक्रममा २ महिला सहित १३१ जनाले रक्तदान गरेका छन । गर्मीको समयमा रक्तदान कार्यक्रममा कमि देखिएकोले अस्पतालमा उपचार गराउन आउने बिरामी ब्यक्तिहरुलाइ सहयोगको भावना राखेर आज शनिबारका दिन खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको इनर्वा प्रहरी चौकीका प्रमुख तथा कार्यक्रमका संयोजक तेजप्रताप सिहले बताए ।
कार्यक्रमको विशिष्ठ अतिथीमा इलाका प्रहरी बिर्ताका प्रमुख प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी , वडा नं २ का वडा अध्यक्ष महम्मद रियाज , वडा नं १६ का वडा अध्यक्ष पशुराम चौरसिया रहेका थिए ।
कार्यक्रममा रक्तदाता हरु लाई प्रमाणपत्र प्रमुख अतिथी तथा विशिष्ट अतिथि को हातबाट वितरण गरिएको थियो । कार्यक्रममा प्रहरी, युवा, पत्रकार एवं रक्तदाताहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।
प्रतिक्रिया