सुमेश्वर साह ( धिरज )
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पर्सा जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद अजय चौरसियाले मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै जेष्ठ २३ गते बुधबारका दिन राती आएको हावाहुरीले गर्दा पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।
आज संसदमा बोल्दै उनले टोर्नेडो जस्तै १५० गतिमा आएको हावाहुरी पानी असिना ले गर्दा दर्जनौं गाउको सयौं घरको छाना उडाउनुको साथै किसानले लगाएको बालिनालीमा समेत क्षती पुगेको बताएका छन । त्यस्तै रुखहरु ढ्ल्नुका साथै बिजुलीका अधिकास पोलहरु ढलेर धेरै ठाउमा अहिले पनि विद्युत आपूर्तिको समस्या उत्पन भएको छ । देशमा तीन तहको सरकार भएपनी अहिले सम्म पीडितहरुका लागि कसैले केही पनि राहत सहयोग नगरेको उनले बताए ।
यसप्रति उनले केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय सरकार ले छिटो भन्दा छिटो पिडितहरु लाई राहत सामग्री उपलब्ध गराउन र क्षती भएको धनमालको लागि उचित क्षतिपूर्तिको ब्यवस्था गर्न माग गरेका छन ।
त्यस्तै अहिले मधेसमा देखिएको खाने पानीको समस्या बारे बोल्दै उनले पानीको समस्या अधिक बढेपनी केन्द्रिय सरकार, मधेस सरकार र स्थानियतहले कुनै चासो नलिएको बताएका छन । पानीको समस्या लाई लिएर जनताहरु ले स्थानीय तह प्रदेश सरकार र केन्द्रिय सरकार लाई समाधानको लागि जति आग्रह गरेपनी तीनै सरकारले कानमा तेल हालेर सुतेको उनले आरोप लगाएका छन ।
प्रतिक्रिया