चितवनको पहिरोले भएको बस दुर्घटनाप्रति कांग्रेस उपसभापति रामनारायण कुर्मी द्वारा दुख व्यक्त


सुमेश्वर साह,

चितवनको नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रती नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले दुख व्यक्त गरेका छन ।

आज बिहान ३ः३० बजे बा ०३-००६ ख १५१६ नंबरको वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस र ०३-०००१ख २४९५ को काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स बस त्रिशूलीमा खसेका हुन्।

दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपसभापति कुर्मीले उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गरेका छन । गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना सवार रहेका थिए।

प्रतिक्रिया




Top