पकहामैनपुर गाउँपालिकाको ज्येष्ठ नागरिक ७३ जनाको मोतियाबिन्दुको निःशुल्क आँखाको अप्रेसन


राहुल गुप्ता
पकहामैनपुर गाउँपालिकाको ज्येष्ठ नागरिक ७३ जनाको मोतियाबिन्दुबाट ग्रसित आँखाको निःशुल्क अप्रेसन भएको छ।

गाँउपालिकाको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानीपुरमा भएको चेकजाँचमा भेटिएका मोतियाबिन्दुका विरामीहरुको निःशुल्क अप्रेसन गरिएको हो ।

पर्सा क्षेत्र नम्बर ३ का समाजसेवी रुपेश पाण्डेको आर्थिक सहयोगमा मानीपुरका ७३ जना आँखा विरामीहरुको निःशुल्क आँखाको शल्यक्रिया गराइएको हो ।

बीरगन्ज आँखाको अस्पतालको सहयोगमा विशेषज्ञ चिकित्सकहरुको टोलीले २४७ जनाको आँखा चेकजाँच गरेको थियो । जसमा ७३ जनामा मोतियाबिन्दुको समस्या फेला परेको समाजसेवी पाण्डे बताए।यही साता मानीपुरमा आँखा शिविरको आयोजना गरिएको थियो ।सेवाको भावनाले निःशुल्क आँखा शिविरको आयोजना गरेको समाजसेवी पाण्डेको भनाइ रहरको छ।

प्रतिक्रिया




Top