श्री माध्यामिक बिद्यालयका लक्ष्मीपुर बिद्यार्थीहरुको जीवन नाजुक


वीरगन्ज टुडे,रौतहट

रौतहट जिल्ला नमूना ठाँउ गरुडा नगरपालिका वडा नं ५ स्थित महम्मदपुर , लक्ष्मीपुर नजिक रहेको झाजपुलमा अवस्थित श्री माध्यामिक बिद्यालयका बिद्यार्थीहरुको जीवन नाजुक रहेको छ्न ।

सो बिद्यालयमा गर्मीको कारणले बिद्यार्थीको संख्या कम भाइरहेको हुनाले वडा अध्यक्ष बिनोध जैसवाललाई कुनै किशिम चासो नरहेको हुनाले बिद्यार्थीहरुलाई प्रचण्ड गर्मीमा पंखा समेत नरहेको हुनाले नगर प्रमुख कन्थमुनी जैसवाल AC भएको गाडीमा भ्रष्टाचारीमा व्यस्त रहेको सामाजिक अभियनता सलेन्द्र यादवले बताए ।

बिद्यार्थीहरूलाई सरकारले सरकारी बिधालयहरूमा ठूल ठूला योजनाहरू तयार पारेर लागु गरेको भए पनि बिद्यालय भवनको स्थिति माथि कुनै ध्यान नदिएको घटना अगाडि आएको छ । श्री माध्यमिक विद्यालयमा महम्मदपुरको कारणले गर्दा गराउडमा भरी पानीको जलथल रहीरहेको छ्न । विद्यार्थीहरूलाई प्रचण्ड गर्मीको कारणले गर्दा विद्यार्थीहरूले निकै क्रष्ट खेप्नुपरेको छ। श्री मध्यमिक विद्यालयका श्रेणी कक्षा बाहेक स्टाफ रूम कक्षा बाह्रौ, सातौं र नवौ क्ष्रेणीमा भने टिनको छानो भएकोले पानी चुहिन्छ। यसैले गर्दा पठनपाठनमा निकै समस्या उत्पन्न भएको सामाजिक अभियान्ता सलेन्द्र यादवको भनाई छ। विद्यालयकाे भनव पुरानो छ।

यसलाई मरमतिको निम्ति बिगतको बर्षहरूमा सम्बन्धित निकायमा पत्राचार गरेको भए पनि यस विषयमा कुनै पहल भएको छैन। पाँचौ श्रेणी देखि बाह्रौ श्रेणी सम्म रहेको यस बिधालयका छ सौ भन्दा अधिक बिधार्थीहरूले पठनपाठनमा गरिरहेका छन्। यसरी सरकारी बिधालयहरूको यसतो सोचनिय अवस्था प्रति ध्यान दिनुपर्ने हो।बिधालयको सोचनिय अवस्थामा छ भने सम्बन्धित निकायमा पत्राचार गरि सक्दा भनि किन यसको बिषयमा चासो दिदैन बिभागले भन्ने गतिलो प्रश्न चिन्ह खडा भएको छ।

श्री माध्यामिक बिद्यालय महम्मदपुरको प्रधानाध्यापक राम नारायणको लापरवाही समेत रहेको छ सो बिधालयमा पत्रकार दिपेश कुमार शाहको बिभागीए टोलि गाडी जादा बिद्यार्थीहरु निकै खुसी भएको थियो ।

बिद्यार्थीहरुलाई आबतजावत सडकको नजिक कुनै किसिम सूचना बोड नरहेको यस बेला सडकमा छताछुल्ल हुँदा गाडी दुर्घटना हुन सक्ने सम्भावना रहेको छ।यस बिषयमा पनि सम्बन्धित निकाय खण्ड बिकास अधिकारी, पुलिस प्रशासन, शिक्षा बिभाग सबैतिर पत्राचार गरेको धेरै भयो तर कतैबाट पनि पहल नभएको गुणाषो बिधालयकी शिक्षक नाम नखुलेको शिक्षाले बताएकी छिन्।

बिद्यालयमा महिला र पुरुषको अलग अलग शौचालय निर्माणका लागि पनि पत्राचार गरिएता पनि महिलाको मात्रै शौचालय छ।पुरुषको शौचालय छैन । बिद्यार्थीहरूले यसरी निकै सास्ती खेप्नुपरेको छ। समस्या नै समस्याले ग्रसित यस बिद्यालयका मरमतिको निम्ति सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।

सरकारी बिद्यालयको स्थिति नाजुक हुनु भनेको सरकारको उदासीन नीति पनि झल्किन्छ।यस दिशामा बर्तमान जीटीए बीएओ, शिक्षा बिभाग र सरकारले पनि ध्यान दिनुपर्छ भन्ने धारणा व्यक्त गरेका छन् ।लबिद्यालय परिवारले पनि सुधार हुन्छ भन्ने आशा साचेका छन्।

प्रतिक्रिया




Top