पर्साको सीमावर्ती क्षेत्रबाट प्रहरी कै अगाडीबाट खुल्याम काजु र कपडाको तस्करी हुने गरेको समाचार प्राप्त भएको छ। वीरगन्जको छपकैया (छठघाट) क्षेत्रबाट तस्करहरूले प्रहरीकै अगाडीबाट दिन दहाडै काजु र कपडाको तस्करी हुने गरेको पाइएको हो ।
वीरगन्ज महानगरपालिका वडा नं १ स्थित छपकैया (छठघाट) अगाडी रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेक पोस्ट अगाडीबाटै तस्करी हुने गरेको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रमुख र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखले सीमा नाकाहरूमा निगरानी बढाउने र चोरी तस्करी नियन्त्रण गर्न आदेश गरेपनी तस्कर सम्राज्यले खुल्याम प्रहरी कै अगाडि बाट चोरी तस्करी गर्न सफल हुने गरेको पाइन्छ
चारै तिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङ पत्रकार नै मिलाऐर तस्करको लाईन दिने गरेको स्थानियहरुले बताउछन।मुख्य तस्करको रुपमा जितु,मेघु,जाकिर,दिनेश रहेको छन।
छपकैया (छठघाट) नाका हुँदै जितु,मेघु,जाकिर,दिनेश,रतनले कपडा,काजु,किससमिस तस्करीको लाइन पाएको प्रहरी श्रोत नै दाबी गर्छन । उनका अनुसार सशस्त्र प्रहरी (बि.ओ.पी)सिर्सिया र अस्थायी प्रहरी चौकि (भकुवाकोना)ले माथिल्लो निकायसम्मै जिम्मा लिए पश्चात् तस्करी कार्य रोक्न नसकिएको बताए । सशस्त्र प्रहरी (बि.ओ.पी)सिर्सिया र भकुवाकोना प्रहरी चौकिले आर्थिक प्रलोभनमै परेको कारण सशस्त्र प्रहरी संगठन र नेपाल प्रहरीको उच्च अवधा अर्थात एसपी लगायत डिआइजीसम्मको नाम बदनाम हुने गरेको छ। सभार प्रहार डैलि
प्रतिक्रिया