वीरगन्ज टुडे,
रौतहट/ देवाही गोनाही नगरपालिका उचिडिह प्रेमपुर होनाही वडा नम्बर ८ स्थितमा रहेको अधार भुत बिधालय सानो छाप्रो थियो । छाप्रोले घाम र पानी छुट्ट्याउन भने सक्दैनथ्यो । किनकि छाप्रोको छानोमा प्वालै प्वाल थियो । पानी परे पानी, घाम लागे घाम भित्रै छिर्थ्यो । छाप्रोभित्र बस्नु र बाहिर बस्नुमा खासै फरक थिएन ।
त्यसैले विद्यार्थीहरूलाई धेरै काठिनाईको साथ पढाउँथे विद्यार्थीको संख्या धेरै काम थियो । अहिले ६ सय भन्दै बढी बिद्यार्थीहरु रहेको हो ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ मा अवस्थित श्री आधार भुत विद्यालयका मुक्ति प्रसाद कुशवाहा प्रधानाध्यापकले झन्डै चार दशक अघिको इतिहास स्मरण गरे ।
प्रधानाध्यापक, श्री अधारभुत विद्यालयमा अवस्थित दुई तले भवन दुईवटा कोठा, छपरा भवन समेत सङ्ख्या १६ वडा रहेको छ। बिद्यार्थीहरुलाइ कम्प्युटर काक्षा कोठा संचालक गरेको हो प्रोजेक्टरको माध्यमबाट काक्षा सञ्चालन गराउँदै आइरहेको बिद्यार्थीहरुले बताएका छ्न । विद्यालयमा रहरेक बिद्यार्थीहारुलाई कक्षा कोठामा सिसी क्यामेराको निगरानीमा गर्दै कक्षा कोठा सञ्चालन गर्दै आइरहेको छन् । विद्यार्थी संख्या ६१२ र प्रावी त ६ जना राहत एकजना अनुदान दुई जना बाल शिक्षक एकजना कार्यालय सहयोग एक जना कर्मचारी रहेको हो
श्री आधार भुत विद्यालयको स्थापना हुँदै गर्दा गुरुकुल जस्तै थियो । स्थापनाकालमा यस विद्यालयको कुनै नाम थिएन । स्थापना भएको झन्डै ६ वर्षपछि २०४६ सालतिर विद्यालयको न्वारन भयो । नामकरण गर्ने व्यक्तिहरूमध्ये एक हुन्,नाम न्खुले उचिडोहका बेक्ती राखेको थियो । जो हाम्रो संवादको साक्षी थिए । ८१ वर्षीय उनी यस विद्यालयको जिउँदो इतिहास हुन् । विद्यालयको स्थापना र विकासमा लगायत व्यक्तिहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।
घाम र पानी नचिन्ने छाप्रोबाट सुरू गरेर आधा दर्जन बढी सुविधा सम्पन्न भवनमा झन्डै एक हजार विद्यार्थीलाई पढाउने नमुना जस्तो आधार विद्यालयको रूपमा स्थापित हुँदासम्म निरन्तर नेतृत्व गरिरहेका छन् पनेरु ।
‘विद्यालयको अवस्था यहाँसम्म पुर्याउन तत्कालीन गाउँ पञ्चायत, अहिलेको स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको साथ छ।’ पनेरू भन्छन्, ‘मेरो निरन्तरको लगाव र मेहनतले गर्दा पनि विद्यालयलाई यो अवस्थासम्म ल्याउन सकेको हो ।’
त्यसो त एउटै सामुदायिक विद्यालयमा झन्डै चार दशक समय बिताएका पनेरुले सामुदायिक विद्यालयका चुनौतीहरूलाई पनि केलाएका छन् । सामुदायिक विद्यालयलाई जागिर खाने थलोका रूपमा मात्रै हेर्ने गरेको पनेरुको गुनासो छ । अभिभावकहरूले आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्न पठाउने अनि जागिर खान चाहिँ सामुदायिक विद्यालय नै ताक्ने गरेको उनको अनुभव छ । सामुदायिक विद्यालयमा संस्थागत विद्यालयको तुलनामा राम्रो तलब सुविधा पाइने र जागिरको पनि सुनिश्चितता हुने भएकाले शिक्षकहरू सामुदायिक विद्यालयमा पढाउन इच्छा गर्ने गरेको उनको अनुभव छ ।
‘राम्रो दक्षता भएका शिक्षकहरू आउनु राम्रो भए पनि कतिपय शिक्षकहरू राजनीतिक वा अन्य पहुँच र शक्तिको आधारमा विद्यालयमा जागिर खान आउनु चाहिँ विडम्बना हो, उनले भने, ‘सामुदायिक विद्यालयलाई आफ्ना कार्यकर्ता तथा नाता आफन्त भर्ती केन्द्र बनाउँदै लानु दुख:द हो । यसको अन्त्य गरिनुपर्छ ।’
भौतिक संरचना, सेवा सुविधा र शैक्षिक गुणस्तरमा संस्थागत विद्यालयको दर्जामा पुर्याए पनि सामुदायिक विद्यालयकाे अवस्था अझै नाजूक छ ।
प्रतिक्रिया