इन्फिनिटी ड्रिम्सको आयोजनामा यही असोज १४ देखि १९ गतेसम्म (सेप्टेम्बर ३० – अक्टोबर ५) काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग आयोजना हुँदैछ।
नेपाली भलिबलको इतिहासमै पहिलो पटक आयोजना हुन लागेको यस महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिगको ६ ओटा टोलि सहभागी हुनेछन। जसमा मधेस प्रदेशबाट मधेश युनाइटेड टिमको पनि सहभागिता हुनेछ । हरेक टोलिमा १२ जना खेलाडी सहभागी रहेकोमा मधेस युनाइटेड बाट ३ विदेशी खिलाडी सहित ८ नेपाली खेलाडी छनोट भएका छन । बाकी एक खेलाडी छनोटका लिग खेल्ने हरेक टिममले आफ्नो स्थानिय क्षेत्रबाट एक खेलाडी ट्यालेन्ट हन्टमार्फत टिममा राख्नुपर्नेछ। त्यसैका लागि मधेश युनाइटेडले मधेश क्षेत्रका प्रतिभावान खेलाडीहरुको क्षमता पहिचान गर्न यही असोज ४ गते वीरगंजको ज्ञानदा एकेडेमीमा ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको पत्रकार समेलन मार्फत जनाएको छ ।
सो छनोट कार्यक्रममा मधेश युनाइटेडका मुख्य प्रशिक्षक भरत यादवले ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्नेछन् र ट्यालेन्ट हन्टबाट उत्कृष्ट छानिएका एक खेलाडीलाई लिगका लागि मधेश युनाइटेडको टिममा समावेश गरिनेछ । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँगै टिमा रहेर धेरै कुरा सिक्न पाइनेछ ।नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना मधेश युनाइटेडको मार्की प्लेअर छन् ।
यस्तै असोज ४ गते नै वीरगंजमा एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर कार्यक्रम आयोजना हुनेछ । लिगको ट्रफीलाई सबै सहभागि टिमको क्षेत्रमा टुर गराउँदै भलिबल र यस लिगलाई थप चर्चित बनाउने र धेरै भलिबल समर्थकमाझ पुऱ्याउने उदेश्य अनुरुप ट्रफी टुर आयोजना गरिएको हो ।
मधेश युनाइटेडको खेलाडीहरुमा निरुता ठगुन्ना,संगम महतो, शान्तिकला तामाङ, पुजा थारु,जसना महतो, हिरा केसी, एलिसा मानन्धर, आशिका क्षेत्री,कालिनोभा यभजेनिया, योस्रा जेरामदिनी,जिनी कोभात रहेको मधेस युनाइटेडकि सिइयो संज्ञा श्रेष्ठले जानकारी गराएका छन।
कार्यक्रममा मधेस युनाइटेड टिमका संचालक रोहित अग्रवाल,अनुज रुङ्टा,दिपेश अग्रवाल, संजय अग्रवाल समेतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया