breking news सशस्त्र प्रहरीद्वारा वीरगञ्जबाट १८ लाख ६१ हजार बढीको भन्सार छलीका सामान बरामद



वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले १८ लाख ६१ हजार छ सय रुपैयाँ बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोली र भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीस्थित खुर्सेद अंसारीको घर पछाडि लुकाइछिपाई गोदाममा राखिएको अबैध सामान फेला पारेको हो ।

बरामद गरिएका सामानमा विभिन्न ब्रान्डका चकलेट, फेबिक्विक र दाँत माझ्ने ब्रस रहेका छन् । यी सामानहरू आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका–२५, चण्डाल चोकस्थित आकस्मिक चेकप्वाइन्टबाट पनि भन्सार छलीका सामान बरामद गरेको छ । चेकजाँच गर्ने क्रममा, भारतबाट अवैध रूपमा भन्सार छली ल्याइरहेको BR-05-U 4210 नम्बरको मोटरसाइकलमा लोड गरिएको कपडा र किराना सामान बरामद गरेको सिंहले बताए ।

प्रतिक्रिया




Top