बिरगंज टूडे
वीरगञ्ज। घडिअर्वा छठ पूजा व्यवस्थापन समितिको अध्यक्षमा दिलिप साह कानु पुनः सर्वसम्मत चयन भएका छन्। शनिबार बिहान बसेको बैठकले कानुलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
यस वर्षको छठ पूजा आयोजनाका लागि शनिबार स्थानीय समुदायको भेलाले १५ सदस्यीय कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा राकेश साह, सचिवमा लखनलाल गुप्ता, सहसचिवमा प्रभाकर गुप्ता, र कोषाध्यक्षमा कन्हैया गुप्ता चयन भएका छन्।
कार्यसमितिको वरिष्ठ सल्लाहकारमा राजेन्द्र साह कानु, प्रमानन्द साह कानु, प्रमोद साह कानु, रामनगीना साह कानु, बाल्मिकी साह कानु, मदन प्रसाद कलवार, प्रेम साह कानु, हिरालाल साह कानु, वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानु लगायतका व्यक्तिहरू रहेका छन्।
शनिबारको बैठकमा गत वर्ष आयोजित छठ पर्वको आम्दानी र खर्चको विवरण पनि सार्वजनिक गरिएको थियो।
छठ पर्वको सफल आयोजना र व्यवस्थापनका लागि समिति उत्साहित छ, र यस वर्षको पर्वलाई अझ भव्य र व्यवस्थित बनाउन तयारी थालिएको छ।
प्रतिक्रिया