सुनसरी। कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक भएपछि पुलमाथिबाट पानी बग्न सुरु भएको छ। सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार शनिबार अपराह्न ४ बजे कोशी नदीमा ५ लाख ४९ हजार क्युसेक बाढी मापन गरिएको छ।
पुलमाथिबाटै बाढी बग्न थालेपछि सुरक्षा सतर्कता अपनाउँदै कोशीमा सवारी साधनको आवतजावत पूर्णरुपमा बन्द गरिएको प्रहरीले जानकारी दिएको छ। रेग्मीका अनुसार, हालको पानीको बहाव पछिल्लो ३७ वर्षयताकै उच्च हो। यसअघि सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक बाढी मापन गरिएको थियो, तर यसपटकको बाढीले त्यो रेकर्ड पनि तोडेको छ।
पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको हुँदा स्थानीयबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया