सुमेश्वर साह (धिरज)
वीरगन्ज महानगरपालिका वडा.-०१ छपकैया स्थित सुकुम बासि टोलमा भारत बाट अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याइ रहेको अवस्थामा कपडा बरामद गरेको छ । वीरगन्ज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटेको ३० जनाको प्रहरी टोलिले भन्सार मुल्य रु आठ लाख बत्तीस हजार बराबरको कपडाहरु बरामद गरेका छन ।
त्यस्तै वीरगन्ज वडा.-१६ ईनर्वा स्थित बिभिन्न नाकाहरुमा सशस्त्र प्रहरीका प्रमुख रिजाल कै कमाण्डमा खटिएको ०९ जनाको गाडी मोबाईल टोलिले भारत बाट अबैध रुपमा बिभिन्न सवारी साधनमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको करिब भन्सार मुल्य रु एघार लाख तेईस हजार बराबरको समानहरु बरामद गरेको छ ।
पक्राउ परेका समानहरुमा किराना सामान-,मोटरपाट्स कस्मेटिक सामान HIV तथा ब्यक्तिले प्रयोग गर्ने बिभिन्न किसिमको नर्मल औषधि रहेका छन । पक्राउ गरिएका सबै समानहरु वीरगन्ज भन्सार कार्यलयमा बुझाइएको सशस्त्र प्रहरी प्रमुख रिजाल ले जानकारी गराएका छन ।
प्रतिक्रिया