रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेकी राधिकाको शव तीन दिनपछि आज बिहान भेटियो


वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा हाम फालेपछि बाढीले बगाएर बेपत्ता बनाएकी बालिकाको शव तीन दिनपछि आज (मंगलबार) भेटिएको छ ।

नदीमा हाम फालेको पुलबाट डेढ सय मिटरको दुरीमा नदी छेउमा मंगलबार बिहान ६ बजेतिर ती बालिकाको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

वीरगन्जको रानीघाटबाट रामगढवाजाने सडकको रानीघाट पुलबाट गत आइतबार बिहान सवा ९ बजे बाराको प्रसौनी गाँउपालिका–२ खुटवा प्रसौनीकी अन्दाजी १५/१६ वर्षकी राधिका कुमारी दासले नदीमा हाम फालेपछि उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

उक्त घटनाभएलगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीले डुंगाको मदतमा नदीमा खोजी गरेकोमा मंगलबार बिहान दासको शव भेटिएको भारतीले बताए ।

मंगलबार बिहान भेटिएको शवको मृतक बालिकाका आमा र भाईले सनाखत गरेको उनले जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ । ती बालिकाले नदीमा हाम फाल्नुको कारण अहिलेसम्म खुल्न नसकेको भन्दै भारतीले यसबारेमा अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया




Top