मधेस प्रदेशका पुर्व मुख्यमन्त्री जसपा नेपालका महासचिव मो.लाल बाबू राउट गद्दीको कार्यकालमा मधेस प्रदेशमा हरेक सांसद क्षेत्रमा पोखरी सौन्दर्यकरणको योजना बनाइ लागू गरिएको थियो । यस्तै पर्सा,बाराका आठवटा स्थानका पोखरी सौन्दर्यीकरण कार्यक्रमका लागि बजेट समेत निकासा गरिएको थियो ।
पर्साको वीरगंज महानगर–१६ को नगवा पोखरीको सौन्दर्यीकरण गर्न प्रदेश सरकारले रु १० करोड एक लाख ३० हजार बजेट छुट्याएको थियो । यसको लागि ठेकेदारकम्पनी परेरा/रञ्जन जेभी ललितपुरले सन् २०१९ जून ५ ठेक्का सकार गरेर सम्झौता गरेको थियो । सम्झौता गरे अनुसार गत २०७८ वैशाख १४ मा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म यो पोखरीको कार्यप्रगति केवल ३९.७४ प्रतिशत मात्र भएको छ ।
यसैगरी, सोही समयमा पर्साकै वीरगंज महानगर–१२ मुर्ली पोखरीको सौन्दर्यीकरणको लागि १० करोड ४३ लाख १७ हजार बजेट छुट्याइएको थियो । यसको लागि ठेकेदार कम्पनी परेरा/रञ्जन जेभी, ललितपुरले नै ठेक्का सकार गरेको थियो । यो ठेक्काको सम्झौता अवधि पनि २०७८ वैशाख १४ मा सकिसकेको छ । तर कार्यप्रगति ६७.८५ प्रतिशत मात्र छ भने सात करोड सात लाख ८१ हजार ५६० रुपैयाँ खर्च भइसकेको छ ।
यसैगरी, बाराको ब्रह्मापुराको खेकरियामा भौतिक निर्माणका कार्यका लागि सुनकोशी कन्स्ट्रक्शनले तीन करोड ७० लाख ३६ हजार ७६३ रुपैयाँमा २०७७ फागुन १० मा ठेक्का सकार गरेको र यसको कार्यप्रगति २५.२१ प्रतिशतभन्दा बढी हुन सकेको छैन । ठेकेदार कम्पनीले ९३ लाख ३८ हजार ५२० रुपैयाँ भुक्तानी लिइसकेको छ ।
त्यस्तै पर्सा जिल्लाकै पटेर्वासुगौलीमा रहेको निचुटा पोखरी सौन्दर्यीकरणको लागि तीन करोड छ लाख ३१ हजार ३५३ रुपैयाँमा नागार्जुन/हेम–सरबासार्की, काठमाडौंले ठेक्का लिएकोमा यसको कार्यप्रगति १०.८ प्रतिशत मात्र छ भने ठेकेदारले ३१ लाख १८ हजार ७४४ रुपैयाँ भुक्तानी लिएको छ । यस ठेक्काको सम्झौता अवधि समाप्त भइसकेको छ ।
अहिले धेरै जसो पोखरीको अवस्था बजेट अभावले गर्दा ठेकेदार फरार भएका छन भने काम लथालिङ्ग अवस्थामा रहेको छ । पहिलेको अवधीमा बनाइएको पर्खाल, पोखरीको किनारमा घाट बनाउनको लागि गाडिएको फलामे छड सबै भत्किएका छन् ।
अहिले अधिकान्श पोखरीमा काममा ढिलासुस्ती ,हेलचक्राइ तथा कमसल सामाग्रीहरुको प्रयोग गरेर गुणस्तरहीन काम गरेकोले पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी तथा ठेकेदार कम्पनी माथि कारवाही हुनुपर्ने स्थानीयहरुको माग छ । बनाइएका सम्पुर्ण भौतिक संरचनाहरु केहि महिना नबित्दै भत्किन थालेकाले निर्माणमा कमसल सामाग्री प्रयोग गरेर ठेकेदार कम्पनी र प्रविधिकको मिलोमतोमा व्यापक अनियमितता भएको उनीहरुको आरोप छ । त्यस्तै पुर्व मुख्यमन्त्री लालबाबु राउतको पर्सा निर्वाचन क्षेत्रस्थित नगवा पोखरी, मुरली पोखरी, लक्ष्मणवा पोखरी र निचुटा पोखरीको सौन्दर्यीकरणका लागि बजेट छुटयाएका थिए तर उक्त बजेटमा करोडौँ रुपैयाँकोअनियमितता भएको सो प्रतिवेदनमा स्वयं महालेखा परिक्षकले आफ्नो प्रतिबेदनमा उल्लेख गरेको थियो । यो सब हुदा पनि अहिले सम्म यसमा अख्तियार दुरुपयोग अनुसन्धानले कार्यवाही नगर्नु संक्काको विषय बनेको उनिहरुको आरोप रहेको छ ।
प्रतिक्रिया